बैठक नबसी स्थगित भयो राष्ट्रिय सभा, अब शुक्रबार बस्ने

काठमाडौं । राष्ट्रिय सभाको आजका लागि निर्धारित बैठक अन्तिम समयमा स्थगित गरिएको छ। दिउँसो १:१५ बजे बस्ने तय भएको बैठक विशेष कारणवश सञ्चालन हुन नसकेको भन्दै सूचना टाँसेर स्थगित गरिएको हो।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार राष्ट्रिय सभाका अध्यक्षको निर्देशनमा बैठक अब शुक्रबार दिउँसो १:१५ बजे बस्ने गरी नयाँ मिति तोकिएको छ।

राष्ट्रिय सभाको पछिल्लो बैठक असार ५ गते बसेको थियो। त्यसयता ६ दिनको अन्तरालपछि आज बैठक बोलाइए पनि निर्धारित कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको हो।

बैठक स्थगित हुनुको कारणबारे सूचनामा ‘विशेष कारणवश’ मात्र उल्लेख गरिएको छ भने थप विवरण सार्वजनिक गरिएको छैन। बैठक नबसेपछि राष्ट्रिय सभामा प्रस्तुत हुने भनिएका विधेयक तथा अन्य संसदीय कार्यहरू पनि प्रभावित भएका छन्।

संघीय संसद्को चालु अधिवेशनका महत्वपूर्ण विषयहरू छलफलको प्रतीक्षामा रहेका बेला बैठक स्थगित भएपछि राजनीतिक वृत्तमा यसप्रति चासो बढेको छ। अब राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार दिउँसो १:१५ बजे बस्नेछ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
163 Shares