

कांग्रेसको पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन
नेपाली कांग्रेसको नेतासमेत रहेकी पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ।गए राति १ बजेर १० मिनेटमा चितवन मेडिकल कलेजमा उनको निधन भएको हो।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालले ९५ वर्षीया मैयादेवीको गए राति निधन भएको बताए।
उनी लामो समयदेखि बिरामी थिइन्। पछिल्लो समय निमोनिया देखिएपछि उनी अस्पताल भर्ना भएकी थिइन्।
उनी मैयादेवी कन्या कलेजको संस्थापक पनि थिइन्। मैयादेवी २०४८ सालमा गोरखाबाट सांसद पनि भएकी थिइन्। पछि उनी राष्ट्रिय सभा सांसद पनि भइन्।मैयादेवीले आफ्ना नाममा रहेका सम्पत्ति दान गर्ने गरेकी थिइन्। उनले करिब एक अर्ब सम्पत्ति दान गरिसकेको बताइएको छ।
तनहुँको बन्दीपुरमा जन्मेकी उनले कांग्रेस केन्द्रीय कार्यालयदेखि विभिन्न स्कुल र संघसंस्थालाई जग्गासमेत दान दिएकी थिइन्।
खनालका अनुसार मैयादेवीको पार्थिव शरिरलाई आज बिहान ९ बजे कांग्रेस चितवन पार्टी कार्यालय, ११ बजे मैयादेवी कन्या कलेज र १ बजे देवघाटमा अन्तिम श्रद्धान्जलीका लागि राख्नेर आजै अन्त्येष्टि गर्ने कार्यक्रम छ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मैयादेवीको निधनको खबरले स्तब्ध भएको बताएका छन्।
‘कांग्रेसकी नेतृ, पूर्वसांसद तथा समाजसेवी मैयादेवी श्रेष्ठको निधनको खवरले स्तब्ध भएको छु। उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री देउवाले आज बिहान ट्वीट गरेका छन्।
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
२० घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





