

हरिवंश आचार्यको घरमा बालेनको देउसी
काठमाडौं।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले वरिष्ठ अभिनेता हरिवंश आचार्यको घरमा देउसी खेलेका छन् । उनी फिल्म ‘महापुरूष’ ले आयोजना गरेको देउसीभैलो कार्यक्रममा नजिकका साथीहरूसँग अभिनेता आचार्यको निवासमा पुगेका थिए ।
उनले त्यहाँ आफू मेयरभन्दा पनि साथीभाइ बनेर देउसी खेल्न आएको बताए । र्यापर बालेनले लोकभाकामा भट्याउँदै गर्दा अभिनेता आचार्यसहित फिल्मका निर्माता म्याक्स दिपेश खत्री, निर्देशक प्रदीप भट्टराई, कलाकारसमेत रहेका कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ, कलाकार अरुण क्षेत्रीसहितको टोली छमछमी नाचेका थिए ।
सामाजिक कार्यका लागि फेसबुकमा खोलिएको मेन्ज रूम रिलोडेड (एमआरआर) ग्रुपसँग जोडिएका केही सदस्यहरूसँगै सामाजिक अभियन्ताहरू देउसी खेल्न अभिनेता आचार्यको निवासमा पुगेका थिए । अभिनेता आचार्यकहाँ देउसी खेल्ने योजना बनेको थाहा पाएपछि आफू सहभागी भएको बालेनले बताए । आफ्नो प्रांगणमा देउसी खेल्न आइपुगेका युवाहरूलाई स्वागत गर्दै कला संस्कृतिको प्रवर्द्धन गर्न अभिनेता आचार्यले सुझाए । ‘हाम्रो कला, संस्कृतिलाई युवाले आउँदो पुस्तासम्म पुर्याउनुपर्छ । उहाँहरू देउसी खेल्न आउनु भयो । खुसी लागेको छ,’ अभिनेता आचार्यले भने ।देउसीमा अभिनेता आचार्य र मेयर साह देउसी भट्ट्याउँदै नाचेका थिए । साथीभाइहरू मिलेर एकछिन रमाइलो गरिएको कार्यकारी निर्माता बानियाँले जानकारी दिए । ‘हामीले हाम्रो कला, संस्कृतिलाई महापुरूष हरिदाइको प्रांगणमा उत्सवको रुपमा मनायौँ । हाम्रो संस्कृतिले हामीलाई एकत्रितसँगै एकताबद्ध गराउने गरेको छ,’ कार्यकारी निर्माता बानियाँले भने ।
मह जोडीलाई सम्मान गर्दै नेपालगन्जमा ‘महापुरुष’को र्याली
नेपालगन्जमा पिके इभेन्टले आयोजना गरेको ‘फेस अफ नेपालगन्ज सिजन ३’का १४ जना प्रतिस्पर्धीको सहभागीतामा धम्बोझी चोक हुँदै क्युएफएक्स सिनेमाज बागेश्वरीसम्म र्याली गरिएको छ।र्यालीमा ‘महापुरूष’ को फ्लेक्स लिएर ुफेस अफ नेपालगन्जु का सहभागीहरूले यात्रा गरेका थिए । काठमाडौं केन्द्रीत भइरहने प्रचारप्रसारभन्दा यसपटक महापुरूष टिमले फरक गरेको चलचित्र पत्रकार संघ बाँके शाखा अध्यक्ष रामचन्द्र पौडेलले बताए ।
‘महापुरूष टिमले दर्शकसम्म आफ्नो सूचना पुर्याउन यहाँ प्रचारप्रसार गरिरहनु भएको छ । मह जोडीको सम्मानमा ब्युटी प्याजेन्टका सहभागीहरूले आफैँ फिल्मको प्रचारप्रसार गरिदिनुभएको हो । आउँदो कात्तिक ११ गते फिल्म हेर्न हामी आतुर छौँ,’ अध्यक्ष पौडेलले भने । र्यालीमा पिके इभेन्टका प्रबन्धक प्रकाश कुँवर, क्युएफएक्स बागेश्वरीका प्रवन्धक सन्जीव शाक्य लगायतको समेत सहभागीता थिए।
समाज
थप सामाग्री-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
1.6kViews 426 Shares Share on Facebook Share on Twitter मेष मनपरेको काम गर्न समय मिल्नेछ। परिवारका सदस्यसँग रमाइलो समय बित्नेछ।…



