

छठ नजिकिएसँगै बढ्यो माटाका भाँडाको माग
छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ। यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ।
सीमावर्ती बजारमा भारतीय माटाका भाडा र भित्री बजारमा स्थानीय उत्पादन भएका माटोको भाँडाको कारोबार बढेको हो। धनुषाको जनकपुरधामसहित महेन्द्रनगर सखुवा, ढल्केवर, वटेश्वर, धारापानी, वीरेन्द्रबजार, सबैला, सहिदनगरको मुख्य चोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभई दिनहुँजसो माटाका भाँडा बिक्री हुँदै आएका छन्।सांस्कृतिक पर्वमा प्रायजसो भाँडा माटाकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटाका भाँडा बनाउने कुमालेको व्यस्तता निकै बढेको छ। तराई क्षेत्रमा माटाका नयाँ भाँडा कार्य गर्न उत्तम हुने धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा यसको माग ह्वात्तै बढ्ने गरेको यहाँका उद्यमी, व्यापारी र सर्वसाधारण बताउँछन्।विभिन्न स्थान र सीमावर्ती बजारमा छठका लागि माटोका दियो, चौमुखे दीप, पाला, माटोको हाती, ढकनालगायतका भाँडाको बिक्री बढेको क्षीरेश्वरनाथ नगरपालिका-४ हरैयाका विष्णुलाल पण्डितले बताए।पण्डितले पहिलेपहिले त आफ्नो गुजाराको पेशा नै यही भए पनि अब प्लास्टिक र अन्य धातुका भाँडाको प्रयोग बढेपछि चाडपर्वमा खुम्चिएको गुनासो गरे। नेपाली बजारमा हिन्दू धर्मावलम्बीको दसैँ, तिहार, छठलगायतका चाडपर्वमा कलश, गमला, दियो, कोहालगायतका माटोका भाँडा बढी बिक्रीवितरण हुने गरेकामा सबैभन्दा बढी तिहारमा माटोको दियो र छठमा विभिन्न कलात्मक भाँडा बिक्री हुने गरेको क्षीरेश्वरनाथ नगरपालिका– ६ सखुवाका कमल पण्डितले बताए।यहाँका पण्डित कुम्भकार (कुमहार)ले यो समयलाई आफ्नो पर्वभरिको आम्दानी गर्ने सिजनका रूपमा समेत लिने गरेका छन्। नेपाली कुम्भकार कम भएको र केहीले पेशा नै छाडेकाले नेपाली बजारमा माटोको भाँडासमेत भारतीय बजारको भर पर्नुपरेको छ।अहिले छठका लागि माटोको भाँडोको एक सेट लिन दुईदेखि तीन सय रुपैयाँ तिर्नुपर्ने कुमाल समुदाय जनकपुरधामका कन्हैया पण्डितले जानकारी दिए। उता केही नेपाली कुमालले पुर्ख्यौली पेशा छाडेका कारण भारतीय उत्पादनले नेपाली बजार लिएको दाबी गर्छन् भने केही कुमालले माटोका भाँडा बिक्रीका लागि तिहार र छठ तथा चौरचन्द नै पर्खनु पर्ने भएकाले सङ्कटमा परेको बताउँछन्।धनुषासहित यहाँका अधिकांश पण्डित कुमालले भाँडा बनाउने माटो र मेहनतअनुसारको आम्दानी नहुँदा नेपाली कुमाल आफ्नो पुर्ख्यौली पेशाबाट विमुख भएको बताउँछन्। पुस्तौंदेखि गर्दै आएको काम आधुनिकताले सङ्कटमा परेपछि नेपाली कुमाल अहिले जीविकोपार्जन गर्न अन्य पेशा गर्न थालेपछि भारतीय सीमावर्ती बजारका कुमालले माटोका भाँडा नेपाली बजारमा बेच्ने गरेका छन्।
समाज
थप सामाग्री-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
1.6kViews 426 Shares Share on Facebook Share on Twitter मेष मनपरेको काम गर्न समय मिल्नेछ। परिवारका सदस्यसँग रमाइलो समय बित्नेछ।…



