

घातक रोग उपचारका लागि सामाजिक सुरक्षा कोषले १० लाख दिने
योगदानमा आधारित सामाजिक सुरक्षा कोषले घातक रोगको औषधि उपचारका लागि सेवाअवधिभर १० लाख बेहोर्ने भएको छ।
यस्तो सुविधा कोषमा दुई वर्ष योगदान गरेका योगदानकर्ताहरूले पाउँछन्। तर सुविधा आगामी पुसदेखि मात्रै पाइन्छ। कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ तेस्रो संसोधन स्वीकृत भएको ९१औं दिनबाट यो व्यवस्था लागू हुने बताएको हो। संसोधित कार्यविधि गत असोज ५ गते स्वीकृत भइसकेको छ। जसमा कोरोनरी आर्टरी वाइपास वा ओपन हार्ट सर्जरी, मस्तिष्क घात, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया रहेमोफेलिया वा थालासेमिया रोगहरूका लागि सेवा आवधिभर दश लाखसम्मको उपचार खर्च समेत कोषले व्यहोर्ने व्यवस्था गरिएको छ।यो सुविधा योगदान गर्न छाडेको दुई वर्षसम्म पाइन्छ। त्यस्तै कोषको वृद्धावस्था सुरक्षा योजना अन्तर्गत निवृतिभरण प्राप्त गर्ने योगदानकर्ताले निवृतिभरण पाउन थालेको ७ वर्षसम्म यस्तो सुविधा पाउने कोषका प्रवक्ता विवेक पन्थीले बताए।योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताका श्रीमान–श्रीमतीले पनि उपचार सुविधा पाउने भएका छन्।
सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ (तेस्रो संसोधन) ले यो व्यवस्था गरेको हो।
यो सुविधा पनि आगामी पुसदेखि लागू हुनेछ। जसमा योगदानकर्ताले पाए सरहको औषधि उपचार सुविधा उनीहरूका श्रीमान/श्रीमतीका लागि व्यवस्था गरिएको छ।
औषधि उपचारबापत अस्पतालमा भर्ना भई उपचार गराउनु पर्ने योगदानकर्ताले वार्षिक रूपमा एक लाख रूपैयाँ नबढ्ने गरी खर्च पाउँछन्। अस्पतालमा भर्ना भई उपचार गराउनु पर्ने अवस्था बाहेकका योगदानकर्ताले चिकित्सकको प्रेस्क्रिप्सन बमोजिमको सुविधा वार्षिक रूपमा २५ हजार रूपैयाँ प्राप्त गर्छन्।
कोषका योगदानकर्ता बिरामी हुँदा घरमै सेवा लिन सक्ने सुविधा छ। उपचारका लागि अस्पताल आउजाउ गर्न नसक्ने अवस्था भएकाहरूलाई चिकित्सक वा स्वास्थ्यकर्मीले घरमै गई प्रदान गरेको सेवाबापतको शुल्क कोषले बेहोर्ने व्यवस्था छ।
यस्तो सुविधा कोषको औषधि, उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत पाइन्छ।
यसअन्तर्गत चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाबापतको शुल्क, रोगको परीक्षण तथा उपचारबापतको खर्च र औषधिको बिल बमोजिम खर्च पनि पाइन्छ।कोषमा हालसम्म १७ हजार चार सय ६१ रोजगारदाता र तीन लाख ७१ हजार ७५ श्रमिक सूचीकृत छन्। कोषमा २४ अर्ब ८३ करोड योगदान रकम जम्मा भइसकेको छ।
समाज
थप सामाग्री-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
1.6kViews 426 Shares Share on Facebook Share on Twitter मेष मनपरेको काम गर्न समय मिल्नेछ। परिवारका सदस्यसँग रमाइलो समय बित्नेछ।…



