

रातोपाटीकर्मीमाथि दुर्व्यवहार गरेको घटनाप्रति महासंघद्वारा भर्त्सना
जीतपुरसिमरा उपमहानगर वडा नं ७ का वडाध्यक्ष सुनिल गुप्ताले आइतवार निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेको विषयमा समाचार लेखेको भन्दै केही एमाले कार्यकर्ता तथा आन्दोलनकारीले पत्रकारमाथि दुर्व्यवहार गरेको घटनामा पत्रकार महासंघ बाराले घोर भर्त्सना गरेको छ ।आइतबार जीतपुरसिमरा वडा नं ७ का वडाध्यक्ष गुप्ताले आस्रन निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले बारा ४ को निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका थिए । सो विषयलाई लिएर प्रहरीले वडाध्यक्ष गुप्तालाई करिब १ घन्टा नियन्त्रणमा लिएर अव तालाबन्दी नगर्ने सर्तमा माफी मगाएर छोडेको थियो । सोही विषयलाई लिएर लेखिएको समाचारमा एमालेका केही कार्यकर्ता तथा महिला आन्दोलनकारीले सञ्चारकर्मी शारदा पोखरेललाई समाचार किन लेखेको भन्दै मोबाइल खोसेर समाचार सामग्री हटाउनुका साथै गालीगलौजसहित दुर्व्यवहार गरेका थिए ।
सोही घटनालाई लिएर पत्रकार महासंघले प्रेस स्वतन्त्रता हनन् भएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ । महासंघले सोमबार विज्ञप्ति जारी गर्दै रातोपाटी संवाददाता शारदा पोखरेलमाथि समाचार लेखेकै भरमा अभद्र व्यवहार गरिनु प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप र निन्दनीय कार्य भएको जनाएको छ । प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता घटना नदोहोर्याउन समेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराईएको छ । ‘स्वतन्त्र रुपमा समाचार सम्प्रेषण गर्न पाउने हकको हनन् गर्दै पत्रकार पोखरेलमाथि केही व्यक्तिले गरेको अभद्र व्यवहार प्रति नेपाल पत्रकार महासंघ बारा शाखा खेद व्यक्त गर्दछ’ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
२२ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





