

ताप्लेजुङमा सुन्तला उत्पादन वृद्धि
ताप्लेजुङ, ३ फागुन । ताप्लेजुङमा यसवर्ष सुन्तला उत्पादन वृद्धि भएको छ । विगतको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो । विगतको वर्षभन्दा यस वर्ष एक मेट्रिक टनबढी सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङले जनाएको छ ।
गतवर्ष तीन सय ४० दशमलव पाँच मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यसवर्ष गएको वर्षभन्दा एक मेट्रिक टन अर्थात ३४१ दशमलव पाँच मेट्रिक टन सुन्तला उत्पादन भएको सम्पर्क कार्यालयका प्राविधिक सहायक केदार धितालले बताए । यस वर्ष करिब ३३ लाख रुपैयाँ बराबरको सुन्तला बिक्रीबाट किसानले आम्दानी गरेको छ ।
प्राविधिक सहायक धितालकाअनुसार जिल्लामा कुल ५४ हेक्टर क्षेत्रफल बराबरको खेतीबाट उक्त परिमाणमा सुन्तला उत्पादन भएको हो । जिल्लामा किसानले सुन्तला खेती भने गर्न छोड्दै गएका छन् । आजभन्दा आठ/नौ वर्ष अघिसम्म एक हजार ७०० हेक्टर क्षेत्रफलसम्म जिल्लामा किसानले सुन्तला खेती गर्ने गरेका थिए ।
तत्कालीन जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार विगत आर्थिक वर्ष २०७०/७१ मा एक हजार ६८२ हेक्टर क्षेत्रफलमा किसानले सुन्तला खेती गरेका थिए । उक्त क्षेत्रफल बराबरको खेतीबाट छ हजार ९३८ मेट्रिक टन उत्पादन भएको तथ्याङ्क रहेको छ । विगतका वर्षहरुमा सुन्तला राम्रो उत्पादन हुने र आम्दानी पनि राम्रो गर्दै आएका किसानले सुन्तलामा विभिन्न रोग तथा कीराको प्रकोप देखिएसँगै खेती छोडेका थिए ।
विभिन्न रोग तथा प्रकोपका कारण सुन्तला खेती मासिएपछि अहिले सीमित क्षेत्रमा मात्र किसानले खेती गर्दै आएका छन् । हाल स्थानीय सरकारका रुपमा रहेका नगरपालिका तथा गाउँपालिकाहरुले सुन्तलालगायत फलफूलजन्य खेती प्रवर्द्धनका लागि योजनाहरू पारित गरी निश्चित बजेट विनियोजन गरी किसानलाई अनुदान तथा अन्य सहायता गर्दै आएका छन् ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



