

माओवादी जनयुद्धको जगबाट महिला अधिकार सुनिश्चित भएको हो –संघीय सांसद लालध्वज
12.4kViews
0
Shares
- नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद सुर्यमान दोङ (लालध्वज) ले माओवादी जनयुद्धका जगबाटनै महिला अधिकार सुनिश्चित भएको दावी गरेका छन् । हिजो धुलिखेलमा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक आयोजना गरेको लैंगिक हिंसा विरद्धको सचेतना मुलक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लालध्वजले उक्त दावी गरेका हुन् ।
माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोल र त्यसपछि संविधानमा महिला अधिकार उल्लेख गरेकै कारण महिला शसक्तिकरण बढेको उनको भनाई थियो ।
‘अहिले कानुनमै ब्यवस्था गरेर महिलालाई राज्यको मुल प्रवाहमा ल्याउने काम भएको छ । त्यसमा माओवादीको सबैभन्दा ठूलो हात छ ।’ उनले भने, ‘काभ्रे जिल्लाकै कुरा गर्ने हो भने पनि गठबन्धन हुँदा पनि पालिकाको अध्यक्ष उम्मेदवार बनाएर जिताउने माओवादी नै हो । अरुले उम्मेदवार उठाउनै चाहेनन् । १० वर्षे जनयुद्धपछि भएका परिवर्तनका कारण महिलाहरुको हक अधिकार सुनिश्चित भएको छ ।’
लैगिंक हिंसा रहित समाज निर्माणमा आफुहरु पहिलेदेखि नै लागिपरेको भन्दै सांसद दोङले यसमा सबै पक्षको भुमिका अपरिहार्य रहेको बताए । लैंगिक हिंसा विरुद्धको अभियानमा आफू र आफ्नो पार्टी सधैं लागिरहने उनले प्रतिबद्धता व्यक्त गरे ।
Facebook Comments Box
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
२४ घण्टा अगाडि
2.0kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



