

जङ्गली हात्तीले सप्तरीमा ५ वटा घर भत्कायो
सप्तरीको कञ्चनरूपमा जङ्गली हात्तीले शनिबार राति तीन परिवारको पाँचवटा घर भत्काउँदा रु चार लाख बराबरको क्षति भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले कञ्चनरूप नगरपालिका–१२ मातिन परिवारको पाँचवटा घर भत्काएर क्षति गरेको वडा सदस्य जैनुद्दीन मियाँले बताए ।कञ्चनरूप–१२ धानुक टोलमा पसेको हात्तीले दलुलाल मण्डलको दुईवटा घर, सञ्जु मण्डलको दुईवटा घर र कैली रामको एउटा घर भत्काउनाका साथै अन्नपात खाएर नष्ट गर्दा करिब रु चार लाख बराबरको क्षति भएको वडा सदस्य मियाँले बताए ।एउटा जङ्गली हात्ती वडा नं १२ को बस्तीपुर, श्रवणपुर, सीतापुर, चर्खियालगायत गाउँबस्तीमा प्रवेश गरी किसानले लगाएको तरकारी बाली तथा अन्न बाली खाएर, कुल्चिएर नोक्सान पुर्याउँदा लाखौँको क्षति भएको स्थानीयवासीले बताएका छन् । हात्तीगाउँमा पसेपछि गाउँलेहरू रातभरि डर त्रासमा जाग्राम बसेका छन् । यस भेगमा सालैपिच्छे हात्तीले आतङ्क मच्चाउनाका साथै मानिसको ज्यानसमेत लिने गरेको छ । हात्तीको आतङ्कलाई न्यूनीकरण गर्नेतर्फ सम्बन्धित निकायले चासो नदेखाएको भन्दै गाउँलेहरूले आक्रोश व्यक्त गरेको छन् ।रासस
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
२४ घण्टा अगाडि
2.0kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



