

मेट्रोसिटी’ योजना अलपत्र
उपत्यकालाई व्यवस्थित सहर निर्माण गर्दै एकीकृत विकासका लागि उपत्यका राजधानी सहर (मेट्रोसिटी) निर्माण गर्ने योजनाको सात वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । साबिक स्थानीय तह पुनर्संरचना आयोगले सात वर्षअघि उपत्यकामा भएका १८ वटै पालिकामा एकीकृत विकासका लागि उपत्यकामा मेट्रोसिटी निर्माण गर्न सरकारलाई सुझाव दिएको थियो ।उपत्यकालाई मेट्रोसिटी निर्माणको प्रक्रिया अगाडि बढाउने जिम्मेवारी उपत्यकास्थित स्थानीय तहका नगरप्रमुखको भए पनि त्यसतर्फ स्थानीय तहका जनप्रतिनिधिको ध्यान जान सकेको छैन । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले उपत्यकाको एकीकृत विकासका लागि उपत्यका राजधानी सहर (मेट्रोसिटी) आवश्यक भएको भन्दै त्यसलाई स्थानीय तहका नयाँ जनप्रतिनिधिले अगाडि बढाउने बताए । उनले भने, “उपत्यकाका सबै नगरप्रमुख रहेको उपत्यका मेट्रोपरिषद् निर्माण गरी उपत्यकालाई व्यवस्थित सहर निर्माणका लागि मेट्रोसिटी आवश्यक छ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
२४ घण्टा अगाडि
2.0kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



