

अवैध रुपमा ल्याउँदै गरेको सुन सहित पक्राउ
काठमाडौं फागुन १० । भन्सार छलि अवैध रुपमा ल्याउँदै गरेको ९ सय ३६ ग्राम अर्धठोस सुन सहित बंगलादेशी नागरिक राहदानी नम्बर ए००२६२२२९ वाहक ४७ वर्षीय मोहम्मद तोफिक उल्लाहलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा खटीएको प्रहरीले जाँच गर्ने क्रममा जिन्स पाईन्टको कम्मरको भागमा फल्स बटम बनाई र भित्री वस्त्रमा समेत लुकाई ल्याएको उक्त सुन फेला पारी पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा उनले उक्त सुन भारतीय नागरिक राहदानी नम्बर यू५४४०२८१ वाहक ४० वर्षीय पारस नाथ साहले भन्सार छलि ल्याउन लगाएको भनी खुलाएपश्चात पारसलाई समेत प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।
समाज
थप सामाग्री-
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
-
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
-
सात वर्षपछि खुलेको हत्या काण्ड: श्रीमान् हत्या गराउन लगाउने श्रीमती पक्राउ
-
देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
आज बैशाख २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल
लिपुलेकमार्गे मानसरोवर यात्रा विषयमा नेपाल सरकारको आपत्ति, भारत र चीनलाई कूटनीतिक सन्देश
१ दिन अगाडि
2.3kViews 357 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्न…



