

पेट्रोल पम्पसम्बन्धी नयाँ मापदण्ड लागू हुने
काठमाडौँ ।राष्ट्रिय राजमार्ग छेउमा पेट्रोल, डिजेल तथा एलपी ग्यास फिलिङ स्टेसन स्थापनासम्बन्धी नयाँ मापदण्ड लागू हुने भएको छ । सरकारले सो मापदण्ड लागू गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अधिकार दिएको छ ।
उक्त मन्त्रालयका कार्यक्रम महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले राष्ट्रिय राजमार्ग छेउमा पेट्रोल, डिजेल तथा एलपी ग्यास फिलिङ स्टेसन स्थापनासम्बन्धी नयाँ मापदण्ड तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिएकोमा मन्त्रिपरिषद्ले लागू गर्ने अधिकार मन्त्रालयलाई नै दिएको बताए। । उनले भने, “सो मापदण्ड मन्त्रालयले तयार गरी सचिवबाट स्वीकृत भइसकेको छ । अब मन्त्रीबाट स्वीकृत भई मापदण्ड लागू गरिने छ । अब मन्त्रालयले छिट्टै नै सो मापदण्ड जारी गरी कार्यान्वयनमा ल्याउने छ।” नयाँ मापदण्डले तराई क्षेत्रमा ‘मेडियनरडिभाइडरु राखिएका राजमार्गहरूमा चोक र पुल क्षेत्रबाट सय मिटरको दूरीमा पेट्रोल, डिजेल तथा एलपी ग्यास फिलिङ स्टेसन स्थापना गर्न पाउने छ । यसअघि तीन सय मिटर दूरी कायम गरिएको थियो।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



