थप ७४ जनामा सङ्क्रमण, एकको मृत्यु

काठमाडौं फागुन २५ । पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।सोही अवधिमा दुई हजार ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा १२० जनामा सङ्क्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार छ हजार ३९४ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १९४जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३७६ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.२प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।सोही अवधिमा सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४९ पुगेको थियो ।पछिल्लो २४ घण्टामा मुलुकमा दुई लाख तीन हजार ६२५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल पाँच हजार ८७५ जना सक्रिय सङ्क्रमित छन् ।

Facebook Comments Box
मधेशमा सुधारको नयाँ अध्याय कोर्ने डिआईजी गोबिन्द थपलिया : “पदमा कति समय बसियो भन्दा पनि कति सुधार गरियो भन्ने कुरा महत्वपूर्ण हो”
१ घण्टा अगाडि

1.1kViews 192 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयका निवर्तमान प्रमुख डिआईजी गोबिन्द थपलियाको…

TOP
Shares