

बाजुरामा आलु पाठशाला सञ्चालन
बाजुराको बडिमालिका नगरपालिका–७ ढम्कनेलाई बाजुरा जिल्लाको आलुको राजधानी भनेर चिनिन्छ। ढम्कने गाउमा १ सय बढी घर परिवार छन्। ती सबैको आम्दानीको मुख्य स्रोत भनेको आलु हो। जिल्लाका उत्तरी क्षेत्रका बुढिनन्दा नगरपालिका, स्वामीकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिकालगायत कर्णाली प्रदेशका हुम्ला मुगु र कालीकोट जिल्लाका केही स्थानीय तहको आवत–जावत गर्ने मुख्य बाटोमा पर्ने ढम्कने गाउँका स्थानीय आलुका परिकार बेचेर आम्दानी गरिरहेका छन्।तर, परम्परागत रूपमा गरिएको आलु खेतीले उत्पादन नबढेपछि, त्यहाँ आलु पाठशाला सञ्चालन गरिएको छ। बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले ढम्कनेका स्थानीयलाई आलुमा आत्मनिर्भर बनाउन कृषि पाठशाला सञ्चालन गरेको बताए। गएको मंगलबार कृषि ज्ञान केन्द्र बाजुराले दक्ष प्राविधिक ल्याएर किसानको खेतबारीमै आलु लगाउने विधि सिकाएको कृषि ज्ञानकेन्द्र बाजुराका प्रमुख हरिप्रसाद पनेरुले बताए। आलुको जात पहिचान गर्ने र विउ प्रमाणीकरणका लागि आलुको अनुसन्धान, आलु बालीमा लाग्ने रोग किराको व्यवस्थापन र कम्पोस्ट मल बनाउने तरिका, आलुका प्रजाति, उत्पादन क्षमता लगायतका बारेमा खेतबारीमै पुगेर किसानलाई सिकाइएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए। ढम्कनेका कृषकहरूले बर्सेनि आलु खेती गर्दै आएका भएपनि अपेक्षा अनुसारको आलु उत्पादन गर्न नसकेकोले आलुको उत्पादन वृद्धि गर्ने, बजारीकरण गर्ने उद्देश्यले बाजुरा जिल्लाका भिन्न–भिन्न ३० ठाउँबाट आलुका बीउ संकलन गरी कृषकहरूको खेतबारीमै कृषक पाठशाला सञ्चालन गरेर लगाइएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरिप्रसाद पनेरुले बताए।
आलु धेरै फले पनि बजारीकरण नहुने ढम्कनेको आलु २०७६ कात्तिकमा आलु महोत्सव नै गरेका थिए। महोत्सवपश्चात् ढम्कनेको आलुु पोखरा, काठमाडौं, धनगढी लगायतका सहरहरूमा जाने गरेको छ। यसरी देशका ठूला सहरमा आलुको माग भएपछि स्थानीयहरू आलु खेतीमा हौसिएका छन्।
हाल ढम्कनेमा १ जना किसानले २० देखि ६० क्विन्टलसम्म आलु फलाउने गरेका छन्। आलु उत्पादन गरेर बजारीकरणभन्दा पनि किसानलाई आलुका परिकारहरू बनाउने तालिम दिएर बिभिन्न परिकार बनाउन सिकाइने वडा अध्यक्ष पाध्यायले बताए।
आलुका परिकारमा आलु चिप्स, मम, खीर, समोसा र पकौडालगायत ३० वटा परिकार बनाउने गरी आम्दानीको स्रोत बनाउने उद्देश्य रहेको पाध्यायले बताए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
समाज
थप सामाग्री-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
१ दिन अगाडि
2.1kViews 326 Shares Share on Facebook Share on Twitter काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट…



