

यातायात भाडा नबढाए चैत १ गतेबाट महासंघले आन्दोलन गर्ने धम्की
काठमाडौं, २९ फागुन । यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्यअनुसार स्वचालित भाडादर लागु गर्नुपर्ने माग गरेका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले पेट्रोलियम पदार्थको मूल्य बढ्दा सार्वजनिक यातायातको भाडा पनि स्वत: बढ्ने र घट्दा स्वत: घट्ने स्वचालित प्रणाली लागु गर्न माग गरेको हो ।महासंघका महासचिव भरत नेपालले वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयसँग स्वचालित भाडाबारे छलफल भइरहेको जानकारी दिए ।
‘‘सार्वजनिक सवारीको भाडादर समायोजनबारे मन्त्रालयसँग छलफल भइरहेको छ । एयरलायन्स लयातका क्षेत्रहरूले स्वचालित रूपमा आफैँ भाडा बढाउँछन् । सार्वजनिक यातायातमा पनि स्वचालित रूपमा बढ्नुपर्ने माग अघि बढाएका छौँ । पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा पटक–पटक भाडा बढाउन माग राख्नु पर्दैन,” महासचिव नेपालले भने ।
स्वचालित प्रणाली लागु गर्ने कि पेट्रोलियम पदार्थको मूल्यअनुसार भाडा घटबढ गर्ने भन्ने विकल्पमा छलफल भइरहेको नेपालले बताए ।‘‘सरकारलाई हाम्रो दबाब स्वचालित भाडादर नै हो । छलफल पछि मन्त्रालयबाट केही निर्णय आउला,” उनले भने । रकारले मागअनुसार भाडा नबढाए महासंघले चैत १ गतेदेखि आन्दोलन गर्ने दिँदै आएको छ ।
पछिल्लोपटक सरकारले गएको कात्तिक १ गतेदेखि लागु हुनेगरी भाडा बढाएको थियो । हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ छ भने डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



