

नेपालकै पहिलो ‘फ्लाइओभर’को यसरी भइरहेको छ निर्माण
काठमाडौं। बलम्बुमा निर्माणाधीन मुलुककै पहिलो फ्लाइओभरको काम आधाभन्दा बढी सम्पन्न भएको छ । फ्लाइओभर आगामी वर्षदेखि सञ्चालनमा ल्याइने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जानकारी दिएको छ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक गोविन्द डमरूले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यसहित अहिले तीव्र रूपमा आयोजनाको काम भइरहेको बताए । उनका अनुसार फ्लाइओभरको सहायक संरचनाका रूपमा निर्माण गर्नुपर्ने पाँच वटा पाइलमध्ये दुई वटाको निर्माण सम्पन्न भइसकेको छ । त्यसै गरी एउटा पाइलको जग हाल्ने काम सम्पन्न भइसकेको छ । फ्लाइओभरको निर्माण अवधि सन् २०२४ अप्रिल २५ सम्म रहेको छ ।निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै सवारीसाधन राजमार्गबाट सुरुङमार्गतिर मोडिँदा हुन सक्ने ट्राफिक जामलाई न्यूनीकरण गर्ने उद्देश्यसहित फ्लाइओभरको निर्माण भइरहेको छ ।
फ्लाइओभर निर्माणका लागि सोको क्षेत्राधिकार (राइट अफ–वे) मा पर्ने १२ रोपनी जग्गा अधिग्रहण गर्नुका साथै पक्की र टहरा गरी कुल ५७ वटा संरचना भत्काइएको छ । फ्लाइओभरको क्षेत्राधिकारमा पर्ने जग्गाधनीले प्रतिआना ५० लाख रुपियाँका दरले मुआब्जा पाएका छन् ।
आयोजनाका उपनिर्देशक डमरूका अनुसार पृथ्वी राजमार्गबाट सुरुङमार्गको काठमाडौँतर्फको पोर्टलसम्म पुग्न फ्लाइओभर निर्माण गर्न लागिएको छ। राजमार्गको बिचको दुई लेनबाट सो फ्लाइओभरलाई जोडिने छ।
फ्लाइओभर निर्माण भइसकेपछि बलम्बु क्षेत्रमा पृथ्वी राजमार्गको दुई लेन सो फ्लाइओभरका लागि नै प्रयोग गर्नु पर्ने हुन्छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
२२ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





