

याक चौँरीलाई लम्पी स्किनविरुद्धको खोप
मनाङ । हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिएसँगै खोप लगाउन थालिएको छ । जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएपछि रोग लाग्नु अगावै खोप लगाउन थालिएको हो ।
मनाङका याकचौँरीलाई लम्पी स्किनबाट सुरक्षित बनाउन लम्पी स्किन विरुद्धको खोप लगाउन थालिएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जानकारी दिए । उनका अनुसार ८९ गाई, ९६ गोरु र याक, नाक (झोपा) तथा चौँरी गरी ५१ लम्पी स्किन विरुद्धको खोप लगाइसकिएको उनले बताए ।
“लम्पी स्किनको सङ्क्रमण धेरै नफैलियोस् भनेर खोप लगाउन थालिएको छ, यसको नियन्त्रणका लागि भेटेरिनरी अस्पतालले खोपको व्यवस्थापन गरिरहेको छ”, प्रमुख कुसुमले भने, “लम्पी स्किन रोग नियन्त्रण गर्न खोप र अन्य आवश्यक सामग्री भेटेरिनरी अस्पतालमा ल्याइएको छ ।” यहाँका पशुलाई लगाउन लम्पी स्किन विरुद्धको भेटेरिनरी अस्पतालले दुई हजार डोज खोप ल्याइसकेको उनले बताए ।
नासों गाउँपालिकामा ३६, चामे गाउँपालिकामा ९६ र मनाङ ङिस्याङ गाउँपालिकामा एक सय १४ पशुमा खोप लगाइसकिएको उनले जानकारी दिए । नार्पाभूमि गाउँपालिकामा बाहेक अन्य पालिकामा सङ्क्रमण फैलिएकाले यहाँका पुशलाई खोप लगाइएको उनले बताए । चामे–२ स्थित थानचोक, मनाङ ङिस्याङको हुम्देस्थित क्युपार र नासों–२ को नाचे आलुबारीका पशुमा सङ्क्रमण देखिएको छ ।
आर्थिक वर्ष २०७९/८० को अन्तिममा मनाङमा लम्पी स्किनको सङ्क्रमण देखिएको हो । “सरकारबाट बजेट व्यवस्थापन गर्न समस्या भएको अवस्थामा पालिकालाई हेर्नुपर्ने भनेका थियौँ, अहिले सरकारबाट खोपको व्यवस्थापन भइसकेको छ”, उनले भने, “अझै पशुमा खोप लगाउने क्रम जारी रहेको छ ।” अब पालिकाले पशुको सहायक उपचारका लागि एन्टीबायोटिक्स सुई जिट, मेलोक्सिकाम र रेष्टोवल इम्युनोवुष्टर लगायतका औषधि खरिद गर्न सक्ने उनले बताए ।
यी औषधि खरिदका लागि पालिकासँग सहकार्य भइरहेको उनले बताए । पशुपालक किसानको गोठमै पुगेर पशु प्राविधिकले लम्पी स्किन रोग नियन्त्रणका लागि खोप लगाउने कार्य भइरहेको प्रमुख कुसुमले जानकारी दिए । उनका अनुसार भेटेरिनरी अस्पतालको समन्वयमा रोग नियन्त्रणका लागि स्थानीय तहले पशु प्राविधिकलाई खटाएको छ । 
पशुमा लम्पी स्किन देखिनासाथ सगोलमा रहेका पशुलाई छुट्याएर राख्न सुझाव दिएको उनले बताए । पशुलाई टोक्ने लामखुट्टे, माखाबाट जोगाउन पशुपालक किसानलाई सचेतना जगाउन कार्यमा पनि लागिरहेका उनले बताए ।
बिरामी परेका पशुलाई स्याहारसुसार गरी सङ्क्रमण नभएका पशुको नजिक नजान, सरसफाइ गरेरमात्र अन्य वस्तुको स्याहारसुसार गर्न सुझाव दिइएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रले जनाएको छ ।रासस
समाज
थप सामाग्री-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
१ दिन अगाडि
2.2kViews 326 Shares Share on Facebook Share on Twitter काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट…



