

सुशासन नै सहिदप्रतिको सम्मान
काठमाडौं साउन १३ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन र आर्थिक-सामाजिक समृद्धि नै सहिदहरूप्रतिको सच्चा सम्मान तथा श्रद्धा हुने बताउनुभएको छ। शनिबार बिहान राष्ट्रिय सहिद तथा शान्ति पार्क, जगडोलमा अवस्थित सहिद स्मारकको अवलोकन, सहिदहरूप्रति माल्यार्पण तथा फलफुल लगायतका वृक्षारोपणपछि सहभागीहरूलाई संक्षिप्त सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।
‘यो सहिद पार्क देशमा कसरी राजनीतिक परिवर्तन भयो भनेर शिक्षा लिने ठाउँ हो।’ उहाँले भन्नुभयो- ‘छुटेका सबै सहिदलाई, निजामती सेवा एवम् सुरक्षा क्षेत्रका सहिदलाई, बेपत्ता बनाईएका सबै योद्धालाई समेटेर स्तम्भ निर्माण गर्न सबै निकायको सहयोग जरुरी छ। सरकारले यसमा हरतरहले सहयोग गर्नेछ।’
महान सहिदहरू र बेपत्ता योद्धाले ऐतिहासिक राजनीति परिवर्तनका लागि मात्र नभएर जनताको जीवनस्तर फेर्नका लागि समेत आफुलाई उत्सर्ग गरेको र त्यस दिशामा अगाडि बढ्न भ्रष्टाचार र कमिसनतन्त्रलाई निमिट्यान्न पार्नुपर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो।
भ्रष्टाचारी र कमिसनखोरलाई कानुनी दायरामा ल्याएर मात्रै, पद प्रयोग गरेर निहित स्वार्थ अनुकुल काम गर्ने प्रवृत्तिलाई नियन्त्रण गरेर मात्रै सहिदको सपना पुरा हुनसक्ने उहाँले बताउनुभयो। त्यसैले सरकारले शुरु गरेको अहिलेको भ्रष्टाचारविरोधी अभियानमा सबैको सहयोग जरुरी भएको उहाँले बताउनुभयो।
‘जो-जो दोषी वा अपराधी छ्न्, तिनलाई कारबाही गरिन्छ नै।’ उहाँले भन्नुभयो।
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
६ घण्टा अगाडि
2.5kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





