

मिटर व्याजीका आरोपितहरू धमाधम थुनामा
राजविराज : मिटर व्याजको आरोपमा सप्तरीको राजविराज नगरपालिका–७ का ६४ वर्षीय रामाप्रसाद साहु शुक्रबार पुर्पक्षका लागि कारागारमा थुनामा परेका छन्।सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनाम र नविनकुमार जोशीको छुट्टा–छुट्टै इजलाशले साहविरुद्ध परेको छुट्टाछुट्टै मुद्दामा साहुसँग माग गरेको धरौटी रकम बुझाउन नसकेकोमा राजविराज कारागारमा थुनामा परेका हुन्। अनुचित लेनदेन गरेको आरोप लागेका साहुलाई छुट्टा–छुट्टै इजलाशले ३ लाख र १५ लाख रुपियाँ गरी १८ लाख रुपियाँ धरौटी माग गरेको थियो।
अनुचित लेनदेन गरी आपराधिक विश्वासघात गरेको भन्दै रामकृष्ण यादव, कौशल्या देवी, सुजान देवी साह र भोला यादवले साहुसहित साहुका भाई योगेन्द्रप्रसाद साह, श्रीमती रञ्जुकुमारी साह र छोरा रबिन्द्रकुमार साह विरुद्ध जिल्ला प्रहरी कार्यालय, सप्तरीमा उजुरी दिएको प्रहरी निरीक्षक प्रमोद खडकाले बताए। अन्य आरोपितहरूको खोजी भएपनि हालसम्म पक्राउ नपरेको खडकाले जनाए।
यसअघि बिहीबार राजविराज नगरपालिका–७ का ६८ वर्षीय हेमनारायण झा धरौटी रकम बुझाउन नसक्दा राजविराज कारागारमा थुनामा परेका छन्। जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको इजलाशले झासँग २५ लाख रुपियाँ धरौटी माग गरेकोमा उनले राख्न, बुझाउन नसक्दा थुनामा परेको अदालतले जानकारी दिएको छ।
अनुचित लेनदेन गरी आपराधिक विश्वासघात गरेको भन्दै मो.तजमुल मिँया, हरिनारायण रजक र कौशल्यादेबीले झाविरुद्ध जिल्ला प्रहरी कार्यालय, सप्तरीमा उजुरी दिएका थिए। आरोपितले मुलुकी अपराध संहिता २०७४ को दफा २४९ (१) र (२) तथा दफा २५२ को (१) र (२) बमोजिमको कसूर गरेकोले सजाय गरी ठगीको जग्गा जाहेरवालालाई दिलाई भराई पाउन माग दावी गरिएको छ।
जाहेरीमा जाहेरवालाले आफ्नो जग्गा आरोपितको नाममा हक हस्तान्तरण गरिएकोमा पटक–पटक गरी साँवा र व्याज भुक्तानी गरिसक्दा पनि जग्गा फिर्ता नगरेको उल्लेख छ। आरोपितले मासिक सयकडा ३६ प्रतिशतका दरले कर्जा लिई सोको धितो वापत जग्गा आरोपित र आरोपितले भनेका व्यक्तिका नाममा हक हस्तान्तरण गरी साँवा व्याज भुक्तान गरिसकेको तर जग्गा फिर्ता नभएको जाहेरवालाको गुनासो छ। आरोपितले भने जग्गाहरू विभिन्न मितिमा खरिद गरेको र उक्त जग्गाहरू कठ्ठाको ४० किलो धान लिने शर्तमा जोतखनका लागि जाहेरवालालाई नै दिएको बताएका छन्। त्यसमध्ये केही जग्गा राजिनामाबाट बिक्री गरेको तथा जाहेरवालासँग कुनै लेनलदेन कारोवार नगरेको आरोपितको भनाई छ।
जिल्ला प्रहरी कार्यालयले ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान, तहकिकात गरेर कारवाहीको माग गर्दै जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो। अभियोगपत्रमा आरोपितलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २५२ बमोजिम कारवाही गर्न माँग गरिएको छ। संहिताको दफा २५२ (क) मा आफ्नो जिम्मा वा संरक्षणमा रहेको अर्काको सम्पत्ति बेइमानीपूर्वक आफ्नो निमित्त प्रयोग गरेमा वा कुनै प्रकारले रुपान्तरण गरेमा वा त्यस्तो सम्पत्तिको उपयोग तत्सम्बन्धी करार वा शर्तनामा वा कानून विपरीत बेइमानीपूर्वक आफ्नो निमित्त उपयोग गरेमा वा अरु कसैलाई उपयोग गर्न दिएमा वा हक टुटाई अरुलाई दिएमा वा दिलाएमा आपराधिक विश्वासघात हुने उललेख छ।
आपराधिक विश्वासघात बमोजिमको कसूर गर्ने वा गराउने व्यक्ति कुनै संस्थाको व्यवस्थापक, प्रबन्धक, कर्मचारी भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना तथा अरु कसैले आपराधिक विश्वासघात गरेमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ।अन्नपूर्णपोस्ट बाट साभार
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
६ घण्टा अगाडि
2.5kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





