

बेनी–दरवाङ सडकको फापरखेतमा सधैँ पहिरो
म्याग्दी । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरो म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको छ ।
करिब १८ वर्षअघि सडकको मार्ग खोल्नु अघि देखिकै पहिरो नरोकिदा धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने बेनी–दरवाङ सडकमा बर्खा याममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ ।
बेनी नगरपालिका–४ का वडा सदस्य प्रेम श्रीसले सामान्य बर्षा हुने वित्तिकै खस्ने पहिरोले सडक पुरिएर सवारी आवत जावत बन्द हुने र ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्नुपर्ने समस्या रहेको बताए ।
“बर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिदा आवत जावत बन्द हुन्छ,” उनले भने “फापरखेतको पहिरो बेनी–दरवाङ सडकको क्यान्सर रोग जस्तो भएको छ ।” पहिरोबाट खसेको ढुङ्गाले चोट लागेर सवारी साधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन् ।
करिब १५० मिटर सडक पहिरोग्रस्त छ । पाखो र भिरको बिचमा खनिएको सडक मुनी म्याग्दी नदी छ । सडक माथिको भिरमा गेगरै गेगर छ । खोल्सामा पर्ने सडक माथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन् । म्याग्दी नदीको किनारमा बनाइएको पक्कि पर्खालले कटान रोकिएको छ । सडक देखि करिब दुई सय माथि र १५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।
“पानी पर्दा गाडी पनि चल्दैन, पैदलयात्रा गर्न पनि ढुंगा खसिरहने भएकाले जोखिम छ,” मंगला गाउँपालिका–१ पूर्णगाउँका बेलबहादुर पाण्डेले भने, “यही पहिरोका कारण कतिपय बिरामीहरु समयमा अस्पताल पुग्न सकेका छैनन् ।”
पूर्वाधार विकास कार्यालय म्याग्दीले कालोपत्र सहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा फापरखेत सहित तीन वटा ठूलो पहिरो छन् । मंगला गाउँपालिका–२ को लाम्पाटाको पहिरो पछिल्लो ५ वर्षयता रोकिएको छ । मालिका गाउँपालिकाको बाङ्गेपहिरोले पनि बेला बेलामा दुःख दिने गरेको छ ।
पहिरोप्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दा वित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले बताए । “फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि वायोइञ्जिनियरीङ सहितको छुट्टै काम गर्नुपर्छ,” उनले भने, “ठूलो पहिरो भएकाले लगानी पनि धेरैनै आवश्यक पर्छ ।”
स्थानीयबासी जिवन खत्रीले फापरखेतको पहिरो नियन्त्रण सम्भव नभएकाले बैकल्पिक मार्ग बनाउनुपर्ने बताए । “फापरखेत देखि पखेर जोड्ने सडक पुल हालै निर्माण सकिएको छ,” उनले भने, “पखेर र पहिरो भन्दा माथि म्याग्दी नदीमा बेलिब्रिज जडान गरेर बैकल्पिक मार्ग खोल्ने चर्चा सुनेपछि मैले जग्गा पनि दिएको थिए तर काम भएको छैन ।”
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जालीले फापरखेतको पहिरोको समस्याका विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताए । भूगर्वविद् र प्राबिधिकहरुको टोली मार्फत पहिरो नियन्त्रण अथवा बैकल्पिक सडकको अध्ययन गरेर टोलिले दिने सुझावको आधारमा समस्या समाधानको पहल गर्ने मन्त्री जुग्जालीले बताए । रासस
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
६ घण्टा अगाडि
2.5kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





