

तनहुँको मादी नदीमा शव फेला
दमौली । तनहुँको व्यास नगरपालिका–१० स्थित मादी नदीमा आज एक पुरुषको शव फेला परेको छ । बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको हो । अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको सनाखतका लागि प्रयास भइरहेको प्रहरीको भनाइ छ । शवलाई दमौली अस्पतालमा राखिएको छ ।
ठगी आरोपमा फरार पक्राउ
जिल्ला प्रहरी कार्यालय तनहुँले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बासगढी नगरपालिका–५ झोडिया स्थायी घर भई हाल तनहुँको व्यास नगरपालिका–१ अम्रेनी बस्ने ५० वर्षीय महेश गिरी नामले चिनिने मेघनाद गिरी रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
हाम्रो हात नेपाल प्रालिमा शेयर लगानी गर्ने किसानलाई कृषि फार्ममा सहुलियत ऋणको प्रलोभन देखाइ २०७८ सालमा पुसमा व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङका महिलाबाट रु सात लाख ५० हजार ठगी गरी फरार निजलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिए ।
निजविरुद्ध महिलाले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पक्राउ परेका उनीविरुद्ध तनहुँ अदालतबाट शुक्रबार सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
६ घण्टा अगाडि
2.5kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





