

अब कास्कीको साँदल र कपुच विकट रहेन
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ को अन्तिम गाउँ हो साँदल र कपुचे । सेती नदीको मुहान क्षेत्रका यी दुई गाउँ भौगोलिक रुपमा समेत विकट छन् । साँदल र कपुचेलाई झन विकट बनाएको छ सेती नदीले । हिउँदमा नदीमाथि बनाइएको बाँस र काठका फड्केबाट नदी वारपार गरे पनि बर्खामा भने स्थानीयवासीले नदी तर्न सास्ती बेर्होनुपर्दछ ।
पुल नहुँदा नदी वारपारका लागि घुमाउरो र अप्ठ्यारो बाटो हिँड्नुपर्दछ, एक घण्टाको समय लाग्छ । अहिले भने झोलुङ्गे पुल बनेसँगै स्थानीयको जीवनचर्यामा सहज बनेको छ । पुल बनेसँगै एक घण्टाको बाटो पाँच मिनेटमै वारपार गर्न सकिन्छ । स्थानीयवासीसमेत उत्साहित बनेका छन् ।
कपुजे र साँदल जोड्ने गरी सेती नदीमाथि ७९ मिटर लामो झोलुङ्गे पुल बनाइएको हो । यस पुलको निर्माण तीन महिनामै सम्पन्न भएको छ । पुलको विसं २०७९ चैत २० गतेदेखि काम सुरु भएकामा गत असार २६ गते निर्माण सकिएर सञ्चालनमा आएको हो ।
माछापुच्छ्रे–१ का सरोजकुमार गुरुङले झोलुङ्गे पुल निर्माणले साँदलका नागरिक प्रत्यक्ष लाभान्वित भएको बताउनुभयो । उहाँका अनुसार विकट गाउँमा पुलबनेसँगै सुगममा परिणत भएको छ । उनले भने, “हिउँदयाममा अस्थायी व्यवस्था भए पनि वर्खामा यहाँका नागरिकले सेती वारपार गर्न ठूलो सास्ती र झन्झट थियो, समय पनि धेरै लाग्ने । अहिले झोलुङ्गे पुल बनेसँगै विकट गाउँ सुगम बनेको छ । स्थानीयको मुहारमा खुुसी छाएको छ ।”
पुल निर्माणका लागि माछापुच्छ्रे गाउँपालिकाले रु १७ लाख ७२ हजार ९९, टिविएसयु पोखराबाट रु १२ लाख १७ हजार बराबरका स्टिल पार्टस्, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट रु तीन लाख २० हजार एक सय ६९ र स्थानीय उपभोक्ताबाट जनश्रमदान रु एक लाख ८१ हजार तीन सय ६३ गरी कूल रु ३४ लाख ९१ हजार लागत रहेको माछापुच्छ्रे–१ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले गाउँपालिकाका विकट गाउँमा झोलुङ्गे पुल निर्माणलाई प्राथमिकतामा राखिएको बताए । उनले आवश्यकताका आधारमा पालिकाका अन्य वडामा समेत लागत साझेदारीमा पुल निर्माण गर्ने योजना रहेको बताए ।रासस
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
६ घण्टा अगाडि
2.5kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





