

मनसुन सुरू भएपछि बाढी–पहिरोबाट ३५ जनाको मृत्यु
मनसुन सुरू भएयताको बाढी–पहिरोबाट ३५ जनाको मृत्यु भएको छ। २७ जना बेपत्ता रहेको गृहमन्त्रालयअन्तर्गत विपद् पूर्वातयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको छ।
शाखाका अनुसार गत जेठ ३१ देखि साउन २० गतेसम्मको बाढी–पहिरोबाट ४५ जना घाइते भएका छन्। १ सय ११ घरहरूमा पूर्ण क्षति पुगेको छ भने १८८ घरमा आंशिक क्षति पुगेको छ।
बाढी–पहिरोबाट संखुवासभामा मात्रै १९ जना बेपत्ता छन्। उनीहरू जीवित भेटिन् सम्भावना न्यून रहेको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जानकारी दिएको छ। उनीहरूलाई मृतक सो सरहको राहत उपलब्ध गराउन जिल्ला दैवी प्रकोप उद्धार समितिले लेखिपठाएको सहायक प्रमु जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए। मृतक सरह मानिएका ती बेपत्ताका परिवारले प्रतिव्यक्ति २ लाख पाउने छन्। एकाघरबाट एकभन्दा बढी मृतकसरह भए थप एक लाख दिइने पनि उनले बताए।
आजै मात्र काठमाडौंको पश्चिम–उत्तर क्षेत्रमा पर्ने तारेकश्वर नगरपालिका–५ मा पहिरो जाँदा एकै घरका बाबुछोरीको निधन भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चालु मनसुनबाट १२ लाख ५४ हजार प्रभावित हुन प्रक्षेपण गरेको छ। उसले २ लाख ८६ हजार ९८९ घरधुरी पनि प्रभावित हुने आकलन गरेको छ।
प्राधिकरणकाअनुसार यस वर्ष मनसुनजन्य विपद्बाट सबैभन्दा बढी मधेसमा ४ लाख ३ हजार १८० प्रभावित हुने अनुमान छ।
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
९ घण्टा अगाडि
2.7kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





