

सिन्धुलीका एसपी सिलवालको आदेशले घुमुवाहरु तस्करको संरक्षण र सेटिङमा व्यस्त , तस्करहरु मालामाल
एसपी भन्छन : “प्रहरीले राजमार्गमा आवतजावत गर्ने गाडीको इन्ट्री गर्ने हो, चेकजाँच गर्ने होइन ।” भिमाद साउन २१ । सिन्धुलीमा एसपी राजकुमार सिलवालको आदेश रहेछ “प्रहरीले राजमार्गमा आवतजावत गर्ने गाडीको इन्ट्री गर्ने हो, चेकजाँच गर्ने होइन ।” उनको आदेश नमान्ने र लत्याउने हिम्मत कसले गर्ने । त्यसैले यो बिपी राजमार्गमा तराईबाट आउने मालबाहक गाडीको सिन्धुली जिल्लामा कतै चेकजाँच हुदैन । तस्करहरूले खुलेयाम जुनसुकै अवैध सामान ल्याएपनि छुट छ । तस्कर र प्रहरीका एसपी सिलवाल अनि उनले परिचालन गरेका तीन जना घुमुवाको संरक्षण र सेटिङमा यहाँ तस्करीका सामानहरू भित्रिरहेका छन् ।
जिल्लामा राजमार्गमा तीनवटा चेकिङ पोष्ट रहेका छन् । भिमाद, सदरमुकाम र खुरकोटमा चेकिङ हुन्छ तर यी ठाउँमा प्रहरीले गाडीको नम्बर इन्ट्री मात्रै गर्ने हो कुनै चेकजाँच गर्न पाउंदैन । त्यसमाथि जिप्रका नजिकैको चेकिङमा त एसपी सिलवालले खटाएका घुमुवाले चेकिङ गर्ने हो । युनिफर्म लगाएका प्रहरीले चेकिङ गर्न निषेध छ । एसपी सिलवालले सहायक हवल्दार मृगेन्द्र झा, सन्तोष मोक्तान र सिपाही सुरज श्रेष्ठलाई घुमुवाको रूपमा परिचालन गरिरहेका छन् । जिप्रकाको डियुटी लिष्टमा नै उनीहरूको नाम सिभिल टोली भनेर राखिएको हुन्छ । युनिफर्म लगाएको प्रहरी हेरेर बस्छ चेकिङमा सिभिल टोलीले मात्रै चेक गर्छ लाइन नदिनेहरूको मात्रै । यो राजमार्गमा दैनिक सामान बोक्ने गाडीहरू झण्डै डेढ सयदेखि दुई सय वटासम्म चल्ने गर्छ । तरकारी र फलफूलको गाडीमा यी घुमुवाको सेटिङमा ठूलो मात्रामा कपडाको तस्करी हुदै आइरहेको छ । केही दिन अगाडि डियुटीमा खटिएको नयाँ समूहले चेकजाँच गर्ने क्रममा कपडा भेटिएको रिपोर्ट गर्दा चेकिङमा बस्नेहरू जिल्लाको दुर्गम चौकीमा लखेटिएका थिए । यसबाहेक भारतीय कुखुरा र मरेका माछाहरूको ठूलो तस्करी यही राजमार्ग हुदै आउने गर्छन् । तर चेकिङमा खटिएका प्रहरीले चेकजाँच गर्न पाउदैनन् ।एसपी सिलवालले माछाको ठूलो तस्करी धन्दा गर्ने दिलिप यादव लगायतका कपडा र कुखुराका तस्करहरूलाई आफ्नो सरकारी निवासमा भेट्ने गर्दै आइरहेका छन् । यो राजमार्गबाट दुधमा हाल्ने प्रतिबन्धित पाउडरको ठूलो तस्करी समेत हुदै आएको यहाँका प्रहरीहरू नै बताउँछन् । तस्करहरू भेटाउने, लेनदेन मिलाउने काम माछा व्यापारी दिलिप यादवले गर्दै आइरहेका छन् । एसपी सिलवाललाई चेकिङमा खटिएको प्रहरीले माछा, कुखुरा र फलफूलका गाडी कतिवटा गए भन्ने रिपोर्टिङ चाहिँ तथ्य रूपमा बुझाउनुपर्छ । यस्तो लाग्छ कि सिपाही हवल्दार मान्छे नै होइनन, एसपी सिलवालले सिपाही हवल्दारलाई मिठो शव्द बोलेको यहाँ कसैले सुनेको छैन । अपशब्द बाहेक केही बोल्दैनन उनले । डिएसपीले अफिसियल काममा कहीं जादा पनि जिल्लाको गाडी चढ्न पाउदैनन् । सिलवाल पत्नी आउंदा उनको कपडा धुन र सेवा गर्न महिला प्रहरी तैनाथ गर्नुपर्ने अवस्था यहाँ छ । यहाँबाट ठूलो मात्रामा गाइगोरूको तस्करी पनि हुने गर्दछ । यस्तो तस्करीमा संलग्नहुनेहरूबाट एसपीका घुमुवाहरूले रकम असुली गरिरहेका हुन्छन् । खानाको कुरा गर्ने हो भने सिन्धुली जिप्रकामा जस्तो निम्न स्तरको खाना सायदै अन्यत्र होला । कोर्ट माष्टर सिपाही सिकेले लेखापाल, सुवेदार मेजर देखि निरीक्षक, डिएसपी र एसपीलाई सित्तैमा खाना ख्वाउनुपर्ने बाध्यता छ । जसको कारण अरूले खाने खाना धेरै निम्न स्तरको रहेको छ । ३५०० रूपैयाँमा खाना खुवाइन्छ जिप्रकामा । केही महिना अघि हवल्दार मेजर रहेका बरिस्ठ हवल्दार गणेश खत्रीले महिला व्यारेकमा गएर महिला प्रहरी माथि अश्लील हर्कत गरेको भेटिए पनि एसपी सिलवालले आफू नजिकको भएको कारण कारबाही त परैजावोस छानबिन समेत नगरी तसराम प्रहरी चौकीमा पठाएर जोगाए । यसैगरी जिन्सी र प्रशासनमा दशौ बर्षदेखि कार्यरत सहायक हवल्दार नवल प्रसाद यादव र हवल्दार महेन्द्र महत्तो आंतक पनि व्यापक रहेको छ । बिदा छोड्दा घुष र फर्कदा कोशेली अनिवार्य रहेको छ ।
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
९ घण्टा अगाडि
2.7kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





