

दावाको किर्ते नागरिकतामा अनुसन्धान भएन
काभ्रे । सय किलो सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर लिएको नागरिकताको अनुसन्धान नै शुरू हुन सकेको छैन । ५ वर्षअघि गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनसमेत गायव बनाउँदै छानबिन नगरेको गृह प्रशासनले नागरिकता दिने कर्मचारीका बारेमा समेत सोधपुछ गरेको छैन ।
‘सर्वसाधारणले नागरिकता बनाउँदा भएका प्राविधिक त्रुटिमा संलग्नलाई केरकार गर्ने, मुचुल्का बनाउन लगाएर दुःख दिने अनि मुद्दा समेत दर्ता गरेर थुन्ने प्रशासन ३ सय ५० वटा नागरिकताको अनुसूची गायव बनाउने कर्मचारीका बारेमा छानबिन गर्दैन भने झुटो विवरण पेस गर्नेलाई कसरी अनुसन्धान गर्छ ?’– जिल्ला प्रशासन कार्यालयकै एक कर्मचारीले भने–‘राजनीतिक दल, गृहमन्त्री, गृह मन्त्रालयका अन्य तहका कर्मचारीको समेत मिलेमत्तो भएकाले यस्ता गम्भीर अपराधका विषयमा समेत अनुसन्धान शुरू हुन नसकेको हो ।’
गृहमन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बुझाएको अनुसूचीबिनाका नागरिकताको प्रतिवेदनका बारेमा छानबिन गर्न निर्देशन दिएसकेको जानकारी दिँदै भने– ‘मैले नागरिकता महाशाखा र नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखलाई बुझ्न भनेको छु । बुझेर प्रक्रिया अघि बढाउँछु । केही दिनमा पूर्ण जानकारी आउला ।’
सह सचिव एवं नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव रुद्रादेवी शर्माले अनुसूची गायव भएका र नागरिकतामा झुटा विवरण राखेर नागरिकता लिएको सन्र्दभमा आवश्यक अनुसन्धान शुरू गरिएको जानकारी दिए ।काभ्रेबाट कहिले गृहमा फाइल आएको रहेछ भनेर खोजबिनका लागि नागरिकता महाशाखालाई आग्रह गरिसकेको बताउँदै उनले भने– ‘नागरिकता महाशाखाले यो विषयमा बुझ्दै छ ।’ जिल्ला प्रशासन कार्यालय काभ्रेले समेत तत्कालीन समयमा अभिलेख भएर पनि अनुसूची नभएकाहरूको विवरण फेला पार्न सकेको छैन । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
९ घण्टा अगाडि
2.7kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





