

पदमा रहँदा बाघ र जागीर पछी मुसा ?
बसन्त कुवर
अफिसर हरु त्यही सम्मानित हुन ,जो पदमा रंहदा वा नरहंदा समान रेस्पेक्ट डिजर्भ गर्दछन् । प्रहरीमा एक अफीसर देंखे भुबन चन्द्र भट्ट , जो पदमा रंहदा वा नरहंदा समान रेस्पेक्ट डिजर्भ गर्दछन्। अफिसर हरुले सम्मान डिजर्भ गर्ने मुख्य रुपमा नीम्न तरीका रहेछन् । पहीलो – ती अतीनै सहयोगी थिए। उनी सबैको भलाइका लागी संधै सक्रिए रहन्थे । दोश्रो – ति अतिमै नैतिक थिए जस्को नैतिकता र कामले संपुर्ण फौजकै इज्जत बडेको थियो। जस्को नैतीकताका उदाहरण प्रहरी बिच भाषण वा प्रशिक्षणमा लिइने गरीन्छ । तेश्रो – ती अतिनै इन्टेलिजेन्ट थिए जस्को क्रीएसनले पुरै फौजको संरचना र ब्रीत्त बिकास तथा प्रहरी कारबाहीमा एक नया दौरको सुरुवात भएको थियो । चौंथो – तीन्ले फौजका लागी अद्वीतीए कल्याणका काम हरु गरेर गए जस्को फाइदा हज्जारौं बहाल तथा पुर्ब प्रहरी हरुले पाइ रहेका छन् । पॉचौं – ति अतिनै बहादुर थिए जस्का बहादुरीका चर्चा फौजका लागी उदाहरण बनेको छ ।तालीमकेन्द्र हरुमा तिन्का बहादुरीका कथा हरु पढ्न पढाइन्छ ।तीन्का बहादुरीले देसको क्षती रोकिएको थियो। फौजको सम्मान अकल्पनीए रुपमा बडेको थियो। माथिका ब्राण्डका अफिसर हरु २०४८ साल पछी उत्पादन हुनै छोडे।यो स्कुलीडंमा अफीसर हरुको ग्रुमीडंनै हुन छोड्यो ।यस्ता अफीसर हरु न राज्य संचालक हरुले खोजे न हाकिमले चाहे न साथि भाइ लाइ नै मन पर्यो । एक तह पदोन्नती र राम्रो सरुवाका लागी राजनैतीक प्राणिको चाकडी गर्दै आइजीपी हरुको वा राजनैतीक दलको गुटमा बसेर केबल आफ्ना भलाइका लागी अगाडी नैतीकताको भाषण छाट्दै पछाडी चरम फटाही र भ्रष्टाचार गर्दै जागीर खाने हरु “ जागीरमा रहंदा बाघ र जागीर पछी मुसो “ हुनु को बिकल्प पनी भएन। हाम्रा प्रहरी जिबन त हाम्रा पालाका हाकिम हरुको मुड, तिन्का इच्छ्या , आकॉक्षा ,जान्न र पुरा गर्नमै बित्यो । तीन्का सेबा नै आफ्नो सपथको कर्तब्य ठानीयो ।युनिफर्म लगाउदा खाएका कसम पुरा गर्ने आफ्ना इच्छ्या ऑकाक्षा हरु त कि दबाइयो कि लुकाइयो अनी अबकास पछी मुसो हुनु को बिकल्प नै भएन। चुप चाप मुसो हुन तयार भइयो। बाघ भनौ त कोहि मान्दैनन् ? मेरो बुझाइमा प्रसस्त बाघ हरु बरु प्रहरीका तल्ला तहमा भेटिन्छन् जस्ले सपथ अनुरुप काम गर्न पाए।तिन्ले आफ्ना लागी भन्दा बडी राज्यका लागी काम गरेर गए।
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
१० घण्टा अगाडि
2.7kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





