

बुटवल–पाल्पा सडकको सिद्धबाबामा सडकमाथिबाट ढुङ्गा खसेर जिपमा लाग्दा ३ जना घाइते
27.3kViews
0
Shares
बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडकको सिद्धबाबामा सडकमाथिबाट ढुङ्गा खसेर जिपमा लाग्दा ३ जना घाइते भएका छन् । तिनाउ–३ सिद्धबाबा नजिकै हेडबक्सनिर गुडिरहेको जिपमाथि ढुङ्गा खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको हो ।
बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको अवस्थामा माथिबाट एक्कासि ढुङ्गा खस्दा लु २ च २८४९ नम्बरको जिप चालकसहित ३ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ ।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सडक भने हाल सुचारु नै रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
१० घण्टा अगाडि
2.7kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





