

डेंगु नियन्त्रणमा तीनवटै सरकारको भूमिका महत्वपूर्ण
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले डेंगु नियन्त्रणका लागि तीनवटै तहका सरकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । स्वास्थ्य पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित ‘डेंगु महामारी र नियन्त्रणसम्बन्धी अन्तरक्रिया’मा सचिव पोखरेलले डेंगु नियन्त्रणका लागि ‘डेंगु बस्ने ठाउँ खोज र नष्ट गर’ अभियान सक्रियताका साथ सुरु गर्नुपर्ने बताए ।तथ्याङ्कअनुसार सन् २०२३ को जुलाई ६ सम्म नेपालमा डेंगु संक्रमितको सङ्ख्या सात हजार सात सय ३३ पुगेको छ । जसमा डेंगु सङ्क्रमण ७१ वटै जिल्लामा फैलिएको र हालसम्म यसको सङ्क्रमणबाट सात जनाको मृत्यु भएको जानकारी दिए । उनले डेंगु सङ्क्रमितको उपचार निःशुल्क भइरहेको बताए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमन सिंहले डेंगु नियन्त्रणमा स्वास्थ्यसम्बन्धी साक्षरता बढाउनुपर्नेमा जोड दिए । “डेंगु नियन्त्रणका लागि सबैले आ–आफ्नो स्थानबाट स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गरी व्यक्ति, परिवार र समुदायको भूमिकालाई सशक्त बनाउन जरुरी छ”, उनले भने ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले नेपालमा डेंगुकाे अवस्था, लामखुट्टे बस्ने र विकास हुने स्थान, डेंगु रोग रोकथाम, व्यवस्थापन तथा नियन्त्रणसम्बन्धी राष्ट्रिय निर्देशिका, हालसम्म भएका प्रमुख उपलब्धी, उपचार तथा व्यवस्थापन लगायतका विषयमाथि कार्यपत्र प्रस्तुत गरेका थिए । उनले ‘डेंगु नियन्त्रण : खोज र नष्ट गर अभियान’मा स्थानीय तहको जिम्मेवारी बढी रहेको बताए ।
सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले डेंगु नियन्त्रणमा ‘टायर हटाउ तथा लुकाउ’ अभियान गरी लामखुट्टे बस्ने र विकास हुने ठाउँमा सफाइ गर्नुपर्ने बताए । मञ्चका अध्यक्ष सरोज पोखरेलले स्वास्थ्य क्षेत्रको हकमा सङ्घीयता प्रभावकारी नभएको बताउँदै डेंगु नियन्त्रणमा व्यक्ति स्वयमले सुरुवात गर्न आवश्यक रहेको बताए । विसं २०६१ मा पहिलो पटक डेंगुका बिरामी देखापरेपछि प्रत्येक वर्ष क्रमशः यस्ता सङ्क्रमित बढ्दै गएको उनको भनाइ छ ।
नेपालमा सन् २०२२ मा ५४ हजार सात सय ८४ डेंगु सङ्क्रमित पुष्टि भएका थिए । जसमध्ये कर्णाली प्रदेशमा छ सय ८२, मधेस प्रदेशमा एक हजार १८, सुदुरपश्चिम प्रदेशमा एक हजार तीन सय ५३, गण्डकी प्रदेशमा एक हजार नौ सय ५७, कोशी प्रदेशमा दुई हजार तीन सय नौ, लुम्बिनी प्रदेशमा पाँच हजार ३७ र बाग्मती प्रदेशमा ४२ हजार चार सय २८ डेङ्गु सङ्क्रमित पुष्टि भएका थिए ।रासस
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
१० घण्टा अगाडि
2.7kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





