नदीले बगाएर धनुषामा श्रीमान् श्रीमती बेपत्ता

जनकपुरधाम । कमला नदीले बगाएर धनुषामा  श्रीमान् श्रीमती बेपत्ता भएको छ ।

नदीमा दाउरा टिप्ने क्रममा नदीले बगाउँदा गणेशमान चारनाथ नगरपालिका वडा नं.७ टरियाका साजन परियार र उनकी श्रीमती माया परियार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिएको छ ।

कमला नदीको ब्यारेजबाट दिउँसो १ बजेको समयमा खोलाले बगाउँदा बेपत्ता उनीहरू अझै नभेटिएको गौतमको भनाइ छ । प्रहरीले उनीहरूको उद्धार कार्य जारी रहेको जनाएको छ ।

उनीहरूको खोजीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली लागेको छ ।

Facebook Comments Box
TOP
Shares