

कञ्चनपुरमा एक सयभन्दा बढी घरमा पानी पस्यो
कञ्चनपुर । अविरल वर्षा भएपछि कञ्चनपुरमा एक सय १० घरमा पानी पसेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्दा कञ्चनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकामा केही घरमा पानी पसेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले दोदा नदीको सतह बढ्दा पुनर्वास नगरपालिका–५ सिम्रीस्थित राना बस्तीका ६० घरमा पानी पसेको बताए । उनका अनुसार वर्षाकै कारण कृष्णपुर नगरपालिका-७ शान्तिपुर टोलमा मोहना नदीको पानी पस्दा ५० घरमा पसेको बताए । कञ्चनपुरको चुरे क्षेत्रमा सोमबारदेखि भएको वर्षाका कारण यहाँका खोलानाला र नदीमा जलस्तर बढेको हो ।
“घरभित्र पानी पसेपनि डुबान नै भएर विस्थापित हुनुपर्ने स्थिति छैन”, प्रवक्ता डाँगीले भने, “पानी पसेको क्षेत्रमा सुरक्षाकर्मीको टोली पनि खटिएका छन् ।” सुरक्षा निकायले यहाँको शुक्लाफाँटा नगरपालिका–७ कालापानीस्थित स्याली नदीमा फसेका दुई र कृष्णपुर नगरपालिका-१ स्थित ओदाली खोलामा फसेका दई जना गरी चार जनाको उद्धार गरेको जनाएको छ ।रासस
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
१० घण्टा अगाडि
2.7kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





