

तामाकोशी किनारमा माछा मार्न गएका दोलखाका एक युवक पहिरोमा पुरिए
२४ साउन, दोलखा । तामाकोशी किनारमा माछा मार्न गएका दोलखाका एक युवक पहिरोमा पुरिएका छन् । साँझ ६ बजेतिर माछा मार्न गएका बिगु-२ का १४ वर्षीय तिरिस तामाङ पहिरोमा पुरिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी धर्मेस कुमार यादवका अनुसार पहिरोमा पुरिएका तामाङको खुट्टा देखिएको छ र पहिरो हटाएर निकाल्ने प्रयास भइरहेको छ ।तिरिस तामाङ अरु तीन जना साथीसँग माछा मार्न भनेर साँझ ६ बजेतिर तामाकोशी किनारमा गएका थिए । बिगु-२ को टुकु भन्ने स्थानमा एक सय मिटर माथिबाट पहिरो खसेपछि उनी पुरिए । उनका साथीहरु भने भागेर ज्यान जोगाउन सफल भएका सूचना अधिकारी यादवले जानकारी दिए ।‘त्यसको जानकारी प्रहरीलाई राति ९ बजे प्राप्त भयो । रातिको बेला भएकाले हिजो तामाङ फेला परेनन् । आज बिहान भने पहिरोमा पुरिएको अवस्थामा उनको खुट्टा देखिएको छ,’ उनले भने । उनलाई बाहिर निकाल्ने प्रयास भइरहेको र इन्सपेक्टर राजेश सिग्देलको टोली घटनास्थलतर्फ परिचालित भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
१० घण्टा अगाडि
2.7kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





