

सामुदायिक वन कार्यक्रमले वन विनाशलाई रोक्दै वनको संरक्षण, दिगो प्रयोग र व्यवस्थापनमा सफल देखियो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामुदायिक वन कार्यक्रम वन विनाशलाई रोक्दै वनको संरक्षण, दिगो प्रयोग र व्यवस्थापनमा सफल देखिएको बताएका छन्।
उनले वनको संरक्षण, व्यवस्थापन र सदुपयोगको जिम्मेवारी स्थानीय उपभोक्ताहरूलाई नै सुम्पनु पर्छ भन्ने अवधारणाका साथ चार दशक अघि सुरु भएको सामुदायिक वन कार्यक्रम आज नेपालमा मात्र नभइ विश्वभर नै नमूना कार्यक्रमको रूपमा परिचित भएको छ।
सामुदायिक वन दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध जनसमुदायको अपनत्व र प्रतिवद्धता, नेपाल सरकारले लागू गरेको प्रगतिशील नीति, संस्थागत सुप्रबन्ध र कानूनी प्रावधानको कारण उक्त कार्यक्रम सफल भएको बताएका हुन्।
उनले सामुदायिक वन क्षेत्रमा रहेका नीतिगत, संस्थागत तथा प्रक्रियागत समस्याहरूलाई सरोकारवालाहरूको समन्वय र सहकार्यमा समाधान गर्दै सामुदायिक वन व्यवस्थापनमा सुशासन, सम्वृद्धि र सामाजिक न्यायको प्रत्याभूति गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए।वनक्षेत्र नेपालको तुलनात्मक तथा प्रतिस्पर्धी लाभको क्षेत्र हो वनको बहुउपयोगी प्रयोग, दिगो व्यवस्थापन र वनजन्य पदार्थको संरक्षण, उत्पादन, प्रवर्द्धन र विविधीकरण मार्फत देशको समृद्धिमा ठूलो योगदान पुग्ने देखिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘त्यसैगरी, सामुदायिक वनको व्यवस्थापन र सदुपयोगबाट प्राकृतिक श्रोतमा आधारित गरिब, दलित, जनजाति र अन्य सीमान्तकृत जनताको आयआर्जन र रोजगारी वृद्धि गर्न आवश्यक छ।’
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
११ घण्टा अगाडि
2.7kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





