

रूपन्देहीमा भिषण वर्षा, तटीय क्षेत्र आसपास उच्च सतर्कता अपनाउन आग्रह
10.7kViews
0
Shares
काठमाडौं साउन २५ । रूपन्देही आसपासका जिल्लामा भारी वर्षा छ। पछिल्लो १२ घन्टामा त्यहाँ १३९.६ मिलिमिटर वर्षा मापन भएको छ।
रूपन्देहीमा अहिले पनि वर्षा भइरहेकाले तिनाउ नदीको जलसतह बढ्ने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्र आसपास उच्च सतर्कता अपनाउन भनेको छ।
यस्तै कञ्चनपुरको शान्तिपुर बेलौरी क्षेत्रमा पनि भारी वर्षा भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा १२६.२ वर्षा मापन भएको छ।
वर्षाका कारण महाकाली नदीको बहाव बढ्न सक्ने जोखिम रहेकाले तटीय क्षेत्रमा सतर्क रहन भनिएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
११ घण्टा अगाडि
2.7kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





