सिम्रिक एयरले वक्यौता बाँकी राखे पछि उडान रोक

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाएको छ।

कम्पनीलाई बक्यौता तिर्न पटक-पटक ताकेता गर्दा पनि अटेर गरेपछि प्राधिकरणले शुक्रबारदेखि सबै हेलिकप्टर उडानमा रोक लगाएको हो।

विमानस्थल सेवा शुल्क नियमावली २०७८ को व्यवस्थाअनुसार सिम्रिक एयरको सम्पूर्ण उडानहरू शुक्रबारबाट लागू हुने गरी रोक गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।सिम्रिकले हाल ५ वटा हेलिकप्टरमार्फत उडान गर्दै आइरहेको छ।

Facebook Comments Box
TOP
Shares