

विवादित ल्हारक्याल लामा :लुम्बिनी विकास कोष कार्यलय लुम्बिनीमा पदभार ग्रहण
नवनियुक्त लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. लामा द्वारा पदभार ग्रहण
लुम्बीनी । नवनियुक्त लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा.ल्हारक्याल लामाल बिहिबार आफ्नो पदभार ग्रहण गरेका छन् । लुम्बिनी विकास कोष कार्यलय लुम्बिनीमा पदभार ग्रहण गरेका हुन् ।
लुम्बीनीस्थित लुम्बिनी विकास कोषका सदस्य सचीव, प्रशासकीय अधिकृत, माओवादी केन्द्रिय नेता मो वकिल मुसलमान लगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्तिथि सहितले नवनियुक्त उपाध्यक्ष डा. लामाको स्वागत गरेका हुन् ।
केही दिन अघि मन्त्रिपरिषद्को बैठकले संविधानसभाको सदस्य समेत रहेका डा. लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरको थियो ।
यस अघिका उपाध्यक्ष अवदेश त्रिपाठीको सात वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको उपाध्यक्षमा बौद्ध धर्मका गुरुलाई नियुक्त गरिएको हो। विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका केन्द्रीय महासचिव समेत रहेका डा. लामालाई पाँच वर्षका लागि नियुक्त गरिएको हो ।
पदभार ग्रहण गर्दै उपाध्यक्ष डा.लामाले कसैले पनि लुम्बिनीको गुरु योजनामा बक्र दृष्टि लगाउन न हुने बताएका छन्। उनले सम्बोधनको क्रममा आफू निस्वार्थ भएर लुम्बिनीको गुरुयोजनालाई सफल बनाउन लाग्ने र कर्मचारीहरुले पनि त्यसमा विशेष साथ दिन आग्रह गरेका हुन् ।
आफुलाइ विश्वास गरेर लुम्बिनीको विकास गर्न जिम्मेवारी प्रधान गरेकोमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड” र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई विषेश धन्यवाद समेत व्यक्त गरेका छन्।
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
११ घण्टा अगाडि
2.7kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





