निर्माण व्यवसायीको तेस्रो चरणको आन्दोलन: सडक र सिँचाइ विभागमा तालाबन्दी गर्ने घोषणा

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानी आयोजनाहरूको रकम भुक्तानी नपाएको भन्दै जारी आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ।महासंघको शुक्रबारको बैठकले आन्दोलनलाई तेस्रो चरणमा २८ गतेदेखि सडक विभाग र सिँचाइ विभागमा ताला लगाउने घोषण गरेका हुन्।महासंघले नेपाल सरकारबाट जारी भएको म्याद थपको आदेश र भुक्तानी लगायतका १० बुँदे मागहरूका सम्बन्धमा लामो समयदेखि आन्दोलन गर्दै आइरहेको छ।
महासंघले राजधानी केन्द्रित आन्दोलनको पहिलो र दोस्रो चरणको कार्यक्रम सम्पन्न गरिसकेको छ। महासंघले तेस्रो चरणको आन्दोलन अन्तर्गत सडक विभाग र सिँचाइ विभागमा तालाबन्दीसहित धर्ना दिन लागेको जनाएको छ।महासंघका अनुसार आइतबार २८ गतेदेखि मंगलबार ३० गतेसम्म दैनिक ९ बजेदेखि ३ बजेसम्म तालाबन्दीसहित धर्ना कार्यक्रम हुने छ।

Facebook Comments Box
TOP
Shares