पहिरोमा परि दोलखामा २ जना वेपत्ता

दोलखा । पहिरोमा परि दोलखामा २ जना वेपत्ता भएका छन् । विगु गाउँपालिका– ६ मा आइतबार दिउँसो १ बजेको समय खसेको पहिरोमा परि २ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरीकाअनुसार घटनाबारे जानकारी आएको र विवरण भने प्राप्त हुन सकेको छैन । घटनास्थल तर्फ प्रहरी पठाइएको र सो स्थान विकट भएकाले प्रहरी पुग्न करिब ३ घण्टा जति लाग्ने जनाइएको छ।

Facebook Comments Box
TOP
Shares