

धनुषामा घुमुवा आतंकले व्यावशायी आतंकित
धनुषा । सशस्त्रको नं ८ गण धनुषामा नयाँ घुमुवा परिचालन भएको छ । घुमुवा सहायक हबलदार श्याम सुन्दर यादव र घुमुवा असई जमीरी राउतलाई आ—आफ्नो दरबन्दी २५ नं गण र १४ नं गण पठाए पनि त्यही ठाउँमा सहायक हबलदार संतोष यादव र जवान मनोज यादबलाई ८ नं. गण धनुषाको घुमुवाको रुपमा परिचालन गरिएको छ । घुमुवा संतोष बीओपी मैनाथपुरमा घुमुवाको रुपमा खटिँदा स्थानिय तथा वार्ड अध्यक्षको धेरै गुनासो आएपछि संतोष यादवलाई गण तानिएको थियो भने घुमुवा मनोज यादव धनुषाको रघुनाथपुर बेसमा घुमुवाको रूपमा बिगत १ बर्ष देखि परिचालित थिए घुमुवा मनोजको पनि स्थानीयको गुनशोमा गण तानिएको हो ।
तर त्यही बदनाम घुमुवाहरू ८ नं. गणको गणपतीलाई महिनाको १५ लाख बुझाउने टेण्डर लिएका छन् । र तस्करी बन्द भएको ठूला तस्करहरूको काम सुचारू भएको छ । इनरवाबाट छोटे अहसान, महिन्द्रको पेस्ट, स्याउ, नाशपाती, अल्बेस्टरको लाइन पाएका छन् भने दुहबीबाट राजीब महासेठले किराना, कपड़ा, चाइनिज स्याउ, नासपाती, नेपाली रक्सीको लाइन पाएको छन् । घुमुवा सन्तोष र मनोजले तस्करी भेटन् तथा तस्करीहरू सित लेनदेनको डील गर्न जनकपुर १२ कैम्प्स चोकमा कोठा लिएका छन् । उक्त कोठाको भाड़ा ५ हजार ब्यापारी नरेश यादबलाई दिएको छ । घुमुवा कोठा छेउ घर हुने साह थरको घरबेटीको गुनासो छ, की यो कोठा सशस्त्र प्रहरीको घुमुवाको हो यो कोठा अगाड़ी १० ओटा बाइक जतिखेर नी लागेको हुन्छ । १२ बजे रातिसम्म दारू पार्टी चलिरहन्छ । अनेक थरी मान्छेहरू आई रहन्छन् । घुमुवाको संतोष र मनोज त्यही घुमुवा कोठा भनेर चिनिने कोठामा बस्छन् । धनुषामा काम गर्ने तस्करहरू शिब नारायन, नरेश, समतूला, राजा, राजीब, उमेश, महिंद्र, छोटे एहसान, दिलिप, अजय, अयूब, अलाउदीन, सत्रोंहान, कपील, धर्मेन्द्रलगायतका छन् ।
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१२ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





