

नेपालका ७७ जिल्लामा पैदलयात्रामा निस्किएका कैलालीका देवराज पाध्या अर्घाखाँचीमा
३२ साउन अर्घाखाँची । नेपालका ७७ जिल्लामा पैदलयात्रामा निस्किएका कैलालीका देवराज पाध्या अर्घाखाँची आईपुगेका छन् ।
पैदलयात्रा शुरु गरेकाे १ सय ५६ दिनमा पाध्या अर्घाखाँची आईपुगेका हुन् । अर्घाखाँची हुँदै भाेली प्युठान पुग्ने पाध्याले बताए ।
बाजुरा जन्मिई हाल कैलाली स्थाई घर भएका ३७ वर्षका पाध्या अर्घाखाँची सहित ७० जिल्ला पुगिसकेकाे बताए । “आफ्नै खुट्टाले नेपाल घुम्ने मन लाग्याे,’ पाध्याले भने “कति दिनमा देश घुमिदाे रहेछ भन्ने जान्न मन लागेपछि यात्रा शुरु गरेकाे हुँ ।”
यसभन्दा अघि ७७ जिल्ला घुम्ने पैदलयात्रीकाे विययमा जानकारी नभएकाे पाध्याले बताए । “साईकल र गाडीमा हिड्नेहरु भए पनि पैदलयात्रीकाे विषयमा मलाई जानकारी छैन,’ पाध्याले भने ।
यात्रा शुरु गर्नुपुर्व कैलालीमा रहेकाे गाैरिगंगा नगरपालिकालाई आफ्नाे यात्राकाे विषयमा जानकारी दिएकाेमा नगरपालिकाले २० हजार रुपैयाँ आफ्नाे खातामा राखिदिएकाे उनले बताए । छिटफुट ५/७ सय सहयाेग आउने गरेकाे भएपनि हालसम्म सरकारी स्तरबाट कुनै सहयाेग नभएकाे पाध्याले बताए ।
भ्रमणकाे क्रममा स्थानियहरुकाे राम्राे साथ पाएकाे पाध्याकाे भनाई छ । “कतैपनि असहज, अप्ठायाराे महशुश गर्नुपरेकाे छैन,’ उनले भने, ‘लुटपाट तथा कुटपिटकाे अनुभव समेत गर्नुपरेकाे छैन ।’
साँझ जहाँ पुगिन्छ, त्यहीबाट अर्काे दिनकाे यात्रा शुरु गर्ने गरेकाे उनले जानकारी दिए । ‘खाेटाङमा बास पाईन, साेलु सल्लेरी, धादिङमा बास पाईन,’ पाध्याले भने ‘अन्यत्र राम्राे प्रतिक्रिया पाएकाे छु ।’
अब प्युठान, राेल्पा, दाङ, बाँके बर्दिया, कैलाली र कन्चनपुर सहित सात जिल्ला बाँकी रहेकाे पाध्याले बताए । अझै बिस दिनमा सक्ने अनुमान गरेका पाध्याले समापन भने कन्चनपुर जिल्लाबाट गर्ने साेच बनाएका छन् ।
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१४ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





