

मेडिकल माफियाका रुपमा आरोपित दुर्गा प्रसाई : मारवाडी समूदायले दिए प्रहरीमा उजुरी
काठमाडौं । नेपाल राष्ट्रिय मारवाडी परिषद्ले व्यवासायी दुर्गा प्रसाई र हेमन्त सेढाई विरुद्ध कारबाहीको माग गर्दै उजुरी दिएको छ । परिषद्ले नेपाल प्रहरीको साइबर व्यूरोमा सामाजिक सञ्जाल तथा मिडियाहरूमा सिंगो मारवाडी समूदायको चरित्र हत्या गरेको भन्दै उजुरी दिएको हो । परिषद्ले केही दिनअघि उनीहरूविरुद्ध व्यूरोमा उजुरी दिएको प्रहरी स्रोतले बताएको छ ।
दुर्गा प्रासाई र हेमन्त सेढाईविरुद्ध नेपाल प्रहरीको साइबार व्यूरोमा परिषद्ले उजुरी दिएको बताइएको छ ।
पछिल्लो केही समययता व्यवसायी दुर्गा प्रसाईले मारवाडी समूदायको विभिन्न कार्यक्रम, सामाजिक सञ्जाल, मिडियाहरूमा समेत विरोध गर्दैै आएका छन् । उनले पछिल्लो समय देशमा आर्थिक संकट आउनुको मुख्य कारण मारवाडी समूदाय भएको आरोपसमेत लगाएका छन् । नेपालको अर्थतन्त्रको झन्डै ७५ प्रतिशत हिस्सामा मारवाडी समूदायको योगदान रहेको छ ।
त्यस्तै नेपाल उद्योग वाणिज्य संघ वीरगन्जका अध्यक्ष अनिल कुमार अग्रवालले एक विज्ञप्ति जारी गरेर ‘मारवाडी समुदायले अर्थतन्त्र तहस नहस तुल्याएको’ लगायतका अवाञ्छित र गैरजिम्मेवार अभिव्यक्तिप्रति दिएको भन्दै अपत्ति जनाएका छन् ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको औद्योगीकिकरण इतिहासमा अग्रभागमा रहेका तथा उद्योग, व्यापारका मार्फत् देशको अर्थतन्त्र, रोजगारी सृजना गर्नेदेखि सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, कला, खेलकूद लगायतका राष्ट्रिय जीवनका हरेक क्षेत्रमा आफ्ना महत्वपूर्ण एवम् उल्लेखनीय योगदान पु¥याउँदै आइरहेका मारवाडी समुदायले यस देशको उद्योग, व्यापारको विकास, विस्तार र प्रवद्र्धनमा निर्वाह गर्दै आइरहेको भूमिका र योगदानलाई कदर गर्नुपर्नेमा त्यसको विपरीत एक व्यवसायी भएर अर्का व्यवसायी समूहप्रति लक्षित गरी यस्ता निकृष्ट अभिव्यक्ति दिने कार्य निन्दनीय रहको छ । कुनै व्यक्ति, जात, समूह, समुदाय र सम्प्रदायप्रति लक्षित गरी यस्ता नकारात्मक, अनर्गल, आधारहीन एवं गैरजिम्मेवारपूर्ण सञ्चारमाध्यमबाट अभिव्यक्ति दिने छुट नेपालको संविधानले कसैलाई दिएको छैन ।’
अध्यक्ष अग्रवालले विदेशमा भए यस्ता व्यक्तिलाई कारबाही तुरुन्तै हुने बताउँदै सिंगो निजी क्षेत्रलाई हत्तोसाहित गर्ने गरी प्रसाईं प्रस्तुत भएको प्रति उद्योग वाणिज्य संघ लगायत सम्पूर्ण निजीको ध्यानाकृष्ट भएको बताए ।
एउटै विषय एउटै कुरा पटक पटक विभिन्न सञ्चारमाध्यम मार्फत् प्रस्तुत गर्ने र मारवाडीले सबै सिद्धायो भन्ने अर्थहीन तथा बेतुकका कुरा गरेर सामाजिक सद्भावलाई बिथोल्न खोज्ने स्वनामधन्य व्यापारी दुर्गा प्रसाईलाई अवाञ्छित वक्तव्यवाजी नगर्न सचेत गराएको छ ।
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१४ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





