धादिङमा बस दुर्घटना : २६ जना घाइते, ५ को अवस्था गम्भीर

काठमाडौ भदौ २ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको वेनिघाट रोराङ गाउँपालिका-९ हुग्दी खोलामा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।

दाङको तुलसीपुरबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०३-००१ ख २६७५ नम्बरको बस आज बिहान पौने ५ बजे हुग्दी खोला नजिकै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले  जानकारी दिएका छन ।

एसपी मिश्रका अनुसार बसमा रहेका ३४ यात्रुमध्ये २६ जना घाइते भएका छन्। उनीहरूमध्ये गम्भीर प्रकृतिका चोटपटक लागेका ६ यात्रुहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ।

अन्य घाइतेहरूको टिचिङ अस्पताल मलेखु र राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको एसपी मिश्रले जानकारी दिए।

काठमाडौं पठाइएका घाइतेहरूमा तुलसीपुर उपमहानगरपालिका-४  दाङका २६ वर्षीय बिमल चौधरी, लमही नगरपालिका-५ का  ३० वर्षीय गोपाल मल्ल, ४६ वर्षीया माला के.सी, ५४ वर्षीय खुमप्रपसाद खत्री, घोराही नगरपालिका-१३ कि पद्मा गिरी र  रूकुम पश्चिमको चौरजहारी नगरपालिका-१० का यज्ञबहादुर वली छन्।

सल्यानको  सबेश्वरी गाउँपालिका-३ का २४ वर्षीय राजेन्द्र पुन, उनका ६ वर्षीय छोरा आशिष केसी, सल्यानकै बाघचौर नगरपालिका-१० का ५० वर्षीय मानबहादुर खड्का, रूकुम पश्चिमको चौरजहारी नगरपालिका-१४ का २८ वर्षीय प्रेम पुन र दाङको दागीशरण नगरपालिका-१ का ८५ वर्षीय शिबलाल वि.क छन्।

गम्भीर घाइतेहरूमध्ये केहीलाई काठमाडौं रेफर गरिएको छ भने केहीको राजमार्ग र टिचिङ अस्पताल मलेखुमा उपचार भइरहेको एसपी मिश्रले जानकारी दिए।

अन्य घाइतेहरूमा सल्यान सबेश्वरी गाउँपालिका-३ की ३२ वर्षीया रेखा केसी, काभ्रेको धुलिखेल नगरपालिका-१० का ५९ वर्षीय नारायण धिमाल, ५० वर्षीय रेखा वली, दाङको बबई गाउँपालिका-५ का २३ वर्षीय प्रदीप श्रीस र उनकी २२ वर्षीया श्रीमती मञ्जु श्रीस रहेका छन्।

त्यस्तै दाङको तुलसीपुर नगरपालिका-७ का ३३ वर्षीय बिजय केसी, रूकुम पूर्वको सिस्ने गाउँपालिका-८ का ३१ वर्षीय योगेश बुढा, सल्यानको बाघचौर नगरपालिका-१० का ५० वर्षीय मानबहादुर खड्का, रूकुमपश्चिम चौरजहारी नगरपालिका-१४ का २८ वर्षीय खडक बि.क, सल्यानको बाघचौर नगरपालिका-९ का ४८ वर्षीय धन बहादुर वली घाइते छन्।

रूकुम पश्चिम चौरजारी नगरपालिका-१० बस्ने बर्ष ३२ को प्रबिण वली, चौरजहारी-१३ का २८ वर्षीय सचिन विष्ट, दाङको भालुवाङ  गाउँपालिका-१ का ३८ वर्षीया सलमा खातुन, ३८ वर्षीय मोहमद हुसेन, तुलसीपुर उपमहानगरपालिका-५ का ३० वर्षीय मनोज खड्का र रूकुम पश्चिमको चौरजहारी नगरपालिलका-१४ का ३० वर्षीय विरेन्द्र केसी घाइते भएका छन्।

उनीहरूको राजमार्ग अस्पताल र टिचिङ अस्पताल मलेखुमा उपचार भइरहेको एसपी मिश्रले जानकारी दिए।

दुर्घटनाग्रस्त बस अहिले पनि सडक किनारमै छ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

Facebook Comments Box
TOP
Shares