

सुकुम्बासीमा निशुल्क: स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं बैशाख ४ । काठमाडौंको त्रिपुरेश्वर स्थित बंसिघाटमा बसोबास गर्दै आइरहेका करिब दुईसय घरपरिवार सुकुम्बासीहरु लाइ “एकएक पाइला फाउन्डेसन” द्वारा संचालित एकएक पाइला सामुदायिक स्वास्थ केन्द्र थापाथली काठमाडौंले एक दिवसीय निशुल्क : स्वस्थ्य शिविर सन्चालन गरेको छ ।
फाउन्डेसनका अध्यक्ष डाक्टर सुमन समसेर थापाको विशेष उपस्थितिमा भुमिहिन अव्यवस्थित बसोबास गर्दै आइरहेका सुकुम्बासीहरुको स्वास्थ्यलाई केन्द्रित गरि काठमाडौंको बागमती नदि छेउछाउमा सुकुम्बासीको रूपमा बसोबास गर्दै आएका मानिसको स्वास्थ्यलाई ध्यानमा राखेर मानवीय सेवा गर्न निशुल्क स्वास्थ्य शिविर कार्यक्रम द्वारा सेवा प्रदान गरेको कार्यक्रम म्यानेजर अशोक पाण्डेले बताएका छन ।
काठमाडौं स्थित बागमती करिडोरका १२ स्थानमा प्रत्येक दुई महिनाको अन्तरालमा एक पटक निशुल्क स्वास्थ्य सिविर कार्यक्रम संचालनमा ल्याइ दोस्रोपटक काठमाडौंको त्रिपुरेश्वर नजिक बङ्सिघाटका करिब दुइसय घरका झन्डै सातसय गरिब असाहय बिमारीले निशुल्क स्वास्थ्य उपचार पाएको एकएक पाइला सामुदायिक स्वास्थ्य केन्द्रका म्यानेजर अशोक पाण्डेले बताएका छ्न।
बंसिघाट स्थित सुकुम्बासी बस्तिका अध्यक्ष दिपक जंग कुवरको संयोजकत्वमा भएको कार्यक्रम सामुदायिक स्वास्थ केन्द्रका उपाध्यक्ष डाक्टर सुधाम्सु केसीको नेतृत्वमा भएको निशुल्क स्वस्थ्य सिबिर कार्यक्रममा प्रदान गरिएका सेवाहरु आँखा रोग ,दन्त, नाककान घाटी ,हाडर्जोड्नी, स्त्री रोग ,सामान्य चिकित्सा ,छालारोग प्याथोलोजी सेवा ,बालरोग सेवा ,भिडियो एक्सरे ,फार्मेसी सेवा,सामान्य सल्यक्रिया लगायतका सेवा प्रदान गरेको एकएक पाइला सामुदायिक स्वास्थ्य केन्द्रका म्यानेजर अशोक पाण्डेले बताए ।
बङ्सीघाट सुकुम्बासी बस्तीका दिपकजंग अर्जुन कुवरका अनुसार स्वस्थ्य सिबिर कार्यक्रममा आँखा रोग ,दन्त, नाककान घाटी ,हार्डजोड्नी, स्त्री रोग ,सामान्य चिकित्सा ,छालारोग प्याथोलोजी सेवा ,बालरोग सेवा सम्बन्धिका अनुभवी डाक्टरको उपस्थितमा घरमै बसेर निशुल्क उपचार र औसधि समेत पाउदा आर्थिक कमजोर अबस्थामा रहेका गाउबासी हर्सिद रहेको र यस्तो कार्यक्रम पुन सन्चालन गर्नका लागि एकएक पाइला सामुदायिक स्वास्थ केन्द्र थापाथली अनुरोध गर्ने बताएका छ्न ।
समाज
थप सामाग्री-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
-
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
एसएसपी दिलीप घिमिरेद्वारा सरुवा भएका इन्स्पेक्टरको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
-
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
मधेशमा सुधारको नयाँ अध्याय कोर्ने डिआईजी गोबिन्द थपलिया : “पदमा कति समय बसियो भन्दा पनि कति सुधार गरियो भन्ने कुरा महत्वपूर्ण हो”
१ घण्टा अगाडि
1.1kViews 192 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयका निवर्तमान प्रमुख डिआईजी गोबिन्द थपलियाको…



