

‘पेरिसडाँडामा घर छ, मलाई केको डर छ ?’ भनेजस्तो मैमत्त भएका छन्, जर्नेल दिपक बानियाँलाई
गण्डकीका जर्साबको के कुरा गर्नु ?
जर्नेलको घर त्यहीँ छ, जहाँ माओवादी मुख्यालय छ । अर्थात्, ‘पेरिसडाँडामा घर छ, मलाई केको डर छ ?’ भनेजस्तो मैमत्त भएका छन्, जर्नेल दिपक बानियाँ ।
अहिले पोखरास्थित पश्चिम पृतनापतिको जिम्मेवारीमा छन् । जागिरमात्र हैन, स्थायी बासिन्दा पनि ‘गण्डकी अञ्चले’ हुन् । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाको शक्ति लगाएर पृतनापति खाएका । अहिले पर्वतमा आफ्नो निजी घर बनाइरहेका छन् । त्यहाँ सेनाका सिपाहीलाई काममा लगाइएको छ ।यद्यपि, यसबारे अहिलेसम्म कतै उजुरबाजुर छैन । उनले क्याप्टेन हुँदैमा जन्ममिति सच्याएका कारण ढुक्क छन् । सच्याइएको मितिअनुसार २०२६ सालको जन्म उनी जति जति जागिरमा टिक्छन्, सेनाको तल्लो दर्जाका निम्ति त्यति त्यति नै दुःखका कथाहरु बाँकी रहन्छन् ।
पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाका पालामा रकम हिनामिना गरेको आरोप लागेको थियो । जुम्लामा २४ बाहिनीपति रहेका बेलाको त्यो काण्डबारे रिपोर्ट भएकोमा शक्तिकेन्द्र मिलाएर त्यो काण्ड त्यत्तिकै सेलायो । उनैले २–३ महिनाअघि पिपा भर्नामा पनि मनपरी गरेको देखिएको छ । बढीजसो गाउँठाउँ, ससुरालीतिरका आफन्तलाई भर्ना गरेका छन् ।
बेलाबखत आफ्नो हैसियतबाट झरेर हस्तक्षेप गर्दै काममा लाग्छन् । पोखरामा यति एयरको जहाज दुर्घटना हुँदा उद्धारका क्रममा सिडिओ, एसपीहरुको काममा हस्तक्षेप गरे । प्रधानमन्त्री पोखरा जाँदा स्वागतका क्रममा प्लेनसम्मै पुगिदिने । यस्तो अवस्थामा सिडिओ प्रधानमन्त्रीलाई स्वागत गर्न जाँदा उनीभन्दा माथिल्लो दर्जाको व्यक्ति भिआइपी कक्षमै प्रतीक्षामा बस्नुपर्छ । नगरकोटस्थित वार कलेज (सैनिक शिक्षालय) मा पनि बसे । उनका ज्यादतीका कथा नगरकोटमै अनगिन्ती छन् ।
जन आस्था
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१६ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





