

विश्वका चार धाममध्ये छायानाथ धामको तीर्थयात्रा बिहीबारबाट शुभारम्भ
मुगु, ७ भदौ । विश्वका चार धाममध्ये छायानाथ धामको तीर्थयात्रा बिहीबारबाट शुभारम्भ भएको छ। बिहीबार छायानाथ रारा नगरपालिका–२ चैन गाउँमा रहको छायानाथ मन्दिरमा रहेका भगवान शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित छायानाथ लगेपछि आजबाट तीर्थयात्रा सुरु भएको हो। मुगुमकामरोङ गाउँपालिका डोल्फुमा रहेको छायानाथ मन्दिरमा लगेपछि छायानाथ धाम तीर्थयात्रा आजबाट प्रारम्भ भएको यहाँका पुजारीले बताएका छन्।
हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथीका दिन जिल्लाको प्रसिद्ध देवता रुपमा छायानाथ ठाकुरको मूर्ति पवित्र धाम छायानाथमा नुहाउन लगिएसँगै छायानाथ धाम तीर्थयात्र शुरु भएको मानिन्छ। बिहीबार लगिएको शिवजीको मूर्ति जनैपूर्णीमासम्म छायानाथ मन्दिरमा रहने र दर्शनको लागि मुगुसहित कर्णालीका जिल्ला जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोटसँगै सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम, डोटी लगायत जिल्लाबाट तीर्थालु दर्शन गर्न छायानाथ धाममा पुग्ने गरेका छन्।
जनैपूर्णीमामा छायानाथमा ५ दिनसम्म पूजापाठ, होम व्रत हुने गर्दछ भने त्यसमा बरदान माग्न १५ जिल्लाबाट तीर्थालु आउने गरेको छायानाथ मन्दिरका पूजारी सनत हमालले बताए। विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायानाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायानाथ तीर्थस्थलका रूपमा पुज्न थालिएको पुजारीको भनाइ छ।
छायानाथ मन्दिरमा जाने तीर्थालुहरूले श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन्। बिहीबार प्रस्थान गरेको टोली अबको ९ दिन पछाडि अथवा परेउ पूर्णिमाको दिनमा फर्किने गर्दछ।
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१६ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





