

पचली भैरवको खड्ग सिद्धि नाचको तयारी सुरु
काठमाडौँ । श्री पचली भैरवको खड्ग सिद्धि नाचको तयारी सुरु भएको छ । बाह्र वर्षपछि हुन लागेको उक्त नाच आगामी दसैँदेखि एक वर्षसम्म प्रदर्शन गरिने भएको छ ।हनुमानढोका दरबार क्षेत्रको भूतिसतलमा बसेर १२ वर्षमा खड्ग साट्ने पचली भैरवको जात्राका लागि यस वर्ष तयारी सुरु गरिएको श्री पचली भैरव श्री भद्रकाली (लुमधि) अजिमाको बाह्रवर्षे खड्ग सिद्धि जात्रा गुठी व्यवस्थापन समितिले जनाएको छ ।
खड्ग साटेसँगै पचली भैरवको खड्ग सिद्धि नाच राजधानीका विभिन्न भागमा एक वर्षसम्म प्रदर्शन गर्ने विधि रहेको छ । काठमाडौँ महानगरपालिका–२१ ज्याबहालमा नयाँ निर्माण गरिएको पचली भैरवको देवता घरमा नाचको तयारी गठेमङ्गल पर्वदेखि सुरु गरिएको जात्रा व्यवस्थापन समितिका सचिव भरत मालीले जानकारी दिए ।
यस वर्षको विजयादशमीका अवसरमा आगामी कात्तिक ७ गते मङ्गलबारदेखि सुरु हुने नाचका लागि कामिका एकादशीका दिन हनुमानढोका दरबार सङ्ग्रहालयमा रहेको पूर्वराजाको खड्गमा सुपारी र दामसहित निमन्त्रणा गरिएको उनले जानकारी दिए ।
मालीका अनुसार राजतन्त्र हुञ्जेल राजासँग खड्ग साट्ने जात्रा १२ वर्षमा गर्ने गरिएको थियो । “राजतन्त्रको अन्त्यपछि नाच र जात्रा गर्ने गरिए पनि खड्ग साट्ने परम्परामा केही नयाँपन आएको छ । यसअघि २०६८ सालमा भएको जात्रामा तत्कालीन राष्ट्रपति डा रामवरण यादवसँग खड्ग साट्ने वा नसाट्ने विषयमा बहस भएको थियो”, उनले भने, “जात्रा व्यवस्थापन समितिले गुरुहरुसँगको सल्लाहमा त्यस बेला खड्गलाई एकापसमा छुवाउने निर्णय भएको थियो ।”
यसपटक भने तलेजु भवानीका पुजारीसँगको सल्लाहमा खड्गलाई आसनमा राख्न लागिएको जात्रा व्यवस्थापन समितिले जनाएको छ । यसका लागि आसनको निर्माण पनि भइसकेको समितिका सचिव मालीले जानकारी दिए ।
उनका अनुसार जात्राको तयारीका लागि हाल दैनिकरुपमा देवताको घर रहेको वडा नं २१ को कार्यालयमा नाचको तयारी भइरहेको छ ।रासस
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१६ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





