अत्यावश्यक काम परेको अवस्थामा बाहेक बेनी–जोमसोम सडकमार्फत यात्रा नगर्न अनुरोध

म्याग्दी, ९ भदौं । अत्यावश्यक काम परेको अवस्थामा बाहेक बेनी–जोमसोम सडकमार्फत यात्रा नगर्न अनुरोध गरिएको छ ।   जिल्ला प्रशासन कार्यालयले झरी कारणा सो सडक खण्डका बिभिन्न भागमा पहिरो झरेको र अवरुद्ध रहेकोले  ‘अत्यावश्यक’ काममाबाहेक यात्रामा ननिस्कन अनुरोध गरेको

‘कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका(३ दाना क्षेत्रका विभिन्न ठाउँमा गएको पहिरोले यातायात अवरुद्ध भएको, गुइँठेमा कालीगण्डकी प्रसारण लाइनको २२० केभी हाइटेन्सन लाइनको टावर जोखिममा रहेको तथा सोही स्थानमा निरन्तर पहिरो झरिरहेकोले जोखिम मोलेर पहिरो पन्छ्याई यातायात खुलाउन खोज्दा विभागीय लोडरका अपरेटर र चालक घाइते भएको तथा पहिरो पन्छ्याउने काम भइरहे पनि जोखिम रहेकोले मानवीय तथा भौतिक क्षति हुनसक्ने भएकोले बेनीदेखी दानासम्म एक साता अत्यावश्यक कामबाहेक यात्रा नगर्न सरोकारवालामा सूचित गरिन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

सो सडक हुदैँ मुक्तिनाथ देखी माथिल्लो मुस्ताङसम्म यात्रा गरिने गरिएको छ ।

Facebook Comments Box
TOP
Shares