

शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु
दार्चुला । शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ ।आइतबार बिहान शरीरमा आगो लगाएकी उनको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।शैल्यशिखर नगरपालिका-५ सेतकलाकी करिब ४५ वर्षीया सुना सुनारले आफ्नै शरीरमा आगो लगाएकी थिइन् । गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि घाइते उनलाई थप उपचारका लागि धनगढी लैजाने क्रममा आइतबार साँझ बैतडीको पाटन पुग्ने बेला मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले घाइते उनको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको जनाए । स्थानीयले आगो लागेको देखेपछि उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याएका थिए । उनको शरीरको अधिकांश भाग जलेको थियो । उनले शरीरमा आगो लगाउनुको कारण खुलेको छैन ।
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१५ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





