

भ्रष्टाचार, ठगी र अपराध नियन्त्रण सरकारको मुल प्राथमिकता: उपप्रधानमन्त्री श्रेष्ठ
बिरगंज। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीहरूलाई कारबाही गर्न कुनै ताकत र तगारोले नछेक्ने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन उदघाटन तथा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आइतबार बिरगंज आउनुभएका श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्न भ्रष्टाचारी र दलालहरूविरुद्ध सरकार निर्मम भएर लागेको बताउनुभयो ।
प्रेस सेन्टर नेपाल, पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले राजनीतिक परिवर्तनलाई जनताले आफ्नो आर्थिक-सामाजिक समृद्धिका रूपमा अनुभूति गर्न सक्नुपर्ने र वर्तमान सरकारले त्यही ध्येयबाट काम गरिरहेको बताउनुभयो । समृद्धिको सर्त सुशासन भएकोले सरकारले भ्रष्टाचार, अपराध, ठगी जस्ता गतिविधि नियन्त्रणलाई मुल प्राथमिकता बनाएको समेत उहाँले बताउनुभयो ।
सुराकी नाममा मन्त्री-सचिवले लिइरहेको खर्च कटौती गरिएको, अनुचित लेनदेन नियन्त्रण गर्न आयोग तथा कानुन निर्माण गरिएको र प्रहरी संगठनभित्र अवाञ्छित चलखेल भयो भन्ने गुनासोलाई सम्बोधन गर्न सरुवा, बढुवा तथा पदस्थापनामा मापदण्ड निर्धारण गरिएको गृहमन्त्री श्रेष्ठले बताउनुभयो । साथै आफ्नै नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने जस्तो संगठित अपराधलाई कानुनी कारबाहीको दायरामा ल्याइसकिएको समेत उहाँले बताउनुभयो । जुनसुकै अपराध घटनाको अनुसन्धानलाई जरैसम्म पुरेर अपराधीहरूलाई कठघरमा ल्याउने उहाँको भनाइ थियो ।
प्रहरी निकाय(सीआइबी)ले सुन तस्करी प्रकरणको छानबिन र अनुसन्धान गरिरहेको र अनुसन्धानले उचित निष्कर्ष दिने विश्वास उहाँले व्यक्त गर्नुभयो । त्यस्तै सहकारी संस्थाहरुमा देखिएका समस्याबारे समेत गहिरो अनुसन्धान भैरहेको उहाँले बताउनुभयो । पीडित पक्षसँग भएको सम्झौताअनुसार गौर हत्याकाण्डको अनुसन्धानलाई जारी नै राखिएको जानकारी गृहमन्त्री श्रेष्ठले दिनुभयो ।गृहमन्त्री श्रेष्ठले आज नै जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उदघाटन गर्नुभएको छ । त्यसपछि बिरगंजस्थित टाउन हलमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनुभएको छ ।
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१५ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





