

अजिरकोटमा व्यक्तिगत घटना दर्ता घरबाटै
गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका नागरिकलाई व्यक्तिगत घटना दर्ता घरबाटै गर्नसक्ने गरी व्यवस्था मिलाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ देखि गाउँपालिकाभित्रका सबै नागरिकले घरमै बसेर अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गर्नसक्ने व्यवस्था गरेको हो ।
गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले अनुसार जन्म, मृत्यु, बसाइसराइ, विवाह, सम्बन्धविच्छेदलगायत घटना घरबाटै गर्न सकिने बताए ।
घटना दर्ताका लागि मोबाइल वा कम्युटरमार्फत विवरण अनलाइनमार्फत भर्न सकिनेछ । भौगोलिक हिसाबले जटिल रहेको अजिरकोटभित्रका केही वडामा वडा कार्यालयसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने अवस्था छ । त्यसैले नागरिकको घरघरसम्म सेवा पु¥याउन घटना दर्ता अनलाइन माध्यमबाट गर्न थालिएको उनको भनाइ छ । बसाइँसराइ नभएका तर गाउँ छोडेर अन्यत्र बसोबास गर्दै आएका नागरिकका लागि पनि यसले घटना दर्ताका लागि सहज हुने अध्यक्ष देवकोटाले बताए ।
“अब घटना दर्ताका लागि फारम भर्न वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटेको छ”, उनले भने, “अवदेखि घरमा बसेर आफ्नो मोबाइलबाट घटना दर्ताको फारम भरेर सेवा लिन पाउनेछन् । अनलाईनमार्फत घटना दर्ताका गरेपछि सेवाग्राहीले टोकन प्राप्त गर्ने र सम्बन्धित वडा कार्यालयमार्फत घटना दर्ता प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ ।” अनलाइन फारम भर्नका लागि वेबसाइट र क्युआर कोड दुवै प्रयोगमा ल्याइएको अध्यक्ष देवकोटाले बताए । रासस
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१५ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





