

इन्द्रजात्रा हेर्न विदेशी र स्वदेशी पाहुनालाई निम्तो
काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी र स्वदेशीसहित ३३ अन्तर्राष्ट्रिय नगर, संस्था र स्थानीय तहका प्रमुखलाई निमन्त्रणा गरेको छ । महानगरले भगिनी सम्बन्ध भएका १८, अन्तर्राष्ट्रिय ८ र राष्ट्रिय स्तरबाट भगिनी सम्बन्ध राखेका ७ स्थानीय तहका प्रमुखलाई निमन्त्रणा गरेको छ ।मेयरको सचिवालय र कामपा बोर्डको बैठकले इन्द्रजात्रालाई अन्तर्राष्ट्रिय पर्वका रूपमा परिचय दिन पाहुना बोलाउन लागेको हो ।
निम्तो मान्न भगिनी सम्बन्ध कायम भएका १८ नगरका ४–४ जना, संस्था र स्थानीय तहका प्रमुख, उपप्रमुख र केही जनप्रनितनिधि आउने कार्यक्रम रहेको छ ।
कामपाका प्रवक्ता नवीन मानन्धरले २ साताअघि सबै पाहुनालाई निमन्त्रणा गरेको जानकारी दिए। उनले भने– ‘कामपाले सम्बन्ध कायम गरेका विश्वका मुख्य देश, अन्तर्राष्ट्रिय संस्था र राष्ट्रिय स्तरका ७ स्थानीय तहका प्रमुखलाई निम्तो पठाएका छौं । उहाँहरू इन्द्रजात्रा अवलोकन गर्न विश्व पर्यटन दिवसको दिन अर्थात् असोज १० गते नेपाल आउनुहुनेछ ।’
कामपाले चार दिनसम्मका लागि बस्ने र खाने व्यवस्था गरेको छ । ११ गते मुख्य जात्रा अवलोकन गरेपछि १२ गते भक्तपुर दरबारक्षेत्र भ्रमण गराउने कार्यक्रम तय भएको छ । चार दिनको बसाइपछि सबै पाहुनालाई औपचारिक रूपमा बिदा दिने गरी तयारी थालेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१७ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





